१९ बैशाख २०८३, शनिबार
फोटो पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा विष्ट निर्वाचित
शनिबार, असार २५ १९:०२

फोटो पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा विष्ट निर्वाचित

धनगढी,२५ असार । नेपाल फोटो पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा दिनेश विष्ट निर्वाचित भएका छन्। नेपाल फोटो पत्रकार महासङ्घ कैलाली शाखाको चौथो अधिवेशनबाट विष्ट अध्यक्षमा निर्वाचित भएका छन्। यस्तै उपाध्यक्षमा लोकुसिँह ठकुरी सचिवमा राजकुमार साउँद निर्वाचित भएका छन् ।

यस्तै सहसचिवमा जर्नादन उपाध्याय, कोषाध्यक्षमा रमित पाण्डे तथा सह कोषाध्यक्षमा सरस्वती सफारी निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा सुर्दशन श्रेष्ठ, तेज बोहरा, राजन जैगडी, हरिष बम, क्षितीज साउँद, शारदा फुलारा, राम सुनार, मदन शाही, पवित्रा ढकाल चयन भएका छन् ।यस्तै केन्द्रीय पार्षद ५ जना र प्रदेश पार्षद ४ जना चयन गरिएका छन् । नेतृत्व चयन सर्बसम्मतीबाट गरिएको जनाइएको छ ।

Sharing is caring!

Latest News

चर्चा बटुल्दै “ सातौ जनम २ ´´(भिडियो सहित )
शनिबार, असार २५ १९:०२
छाउपडीमा आधारित ‘लिलु’ बोलको देउडा गीत सार्वजनिक (भिडियो सहित )
शनिबार, असार २५ १९:०२