१३ बैशाख २०८१, बिहीबार
छाउपडीमा आधारित ‘लिलु’ बोलको देउडा गीत सार्वजनिक (भिडियो सहित )
सोमबार, असार २७ २२:४५

छाउपडीमा आधारित ‘लिलु’ बोलको देउडा गीत सार्वजनिक (भिडियो सहित )

धनगढी , कुप्रथा तथा छाउपडीमा आधारित ‘लिलु’ बोलको देउडा गीत सार्वजनिक भएको छ। गौरव गिरी र एलपी शर्माको शब्द रहेको गीतमा सुदूरपश्चिमको भाषा र भेषभुषा समेटिएको छ।

एचबीएन किस्मतको संगीत संयोजन रहेको गीतमा रोहित देउवाले संगीत भरेका छन्। देउवाका साथै गीतमा देउडा गायिका रेखा जोशी, गौरी भट्ट र पूजा देवकोटाको स्वर सुन्न सकिन्छ।

गिरीको निर्देशन रहेको गीतको भिडियोमा पूजा देवकोटा, रोशनी कार्की, एलपी शर्मा, भद्रजंग कुवर, मुकेश सुनार लगायतका कलाकारहरूको अभिनय छ।

एलपी शर्माको प्रस्तुती रहेको गीतको भिडियोको कथा समेत गिरीले नै तयार पारेका हुन्। गीतमा सुदूर तथा मध्यपश्चिममा व्याप्त रहेको छाउपडीको विषयवस्तुलाई समेटिएको छ। महिनावारी भएपछि छाउगोठमा राख्नेदेखि उनीहरूले भोग्नुपरेका समस्या र त्यसबाट घट्ने अप्रिय घटनाहरूलाई भिडियोमार्फत देखाइएको छ।

भिडियो सहित

Sharing is caring!

फोटो पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा विष्ट निर्वाचित
सोमबार, असार २७ २२:४५
दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर १ का एक जना शिक्षक बिहे बाटै बेपत्ता।खोजिकार्य जारी।।
सोमबार, असार २७ २२:४५
shares