१८ बैशाख २०८३, शुक्रबार
‘प्रेमगीत ३’  फिल्म हिन्दी डब नेपाल प्रदर्शन हुने।
मंगलवार, श्रावण ३१ १९:५५

‘प्रेमगीत ३’ फिल्म हिन्दी डब नेपाल प्रदर्शन हुने।

विश्वको ठूलो फिल्म बजार मानिने भारतमा पहिलो पटक नेपाली फिल्म हिन्दीमा डब भएर प्रदर्शन हुँदैछ । यो इतिहास रच्न लागेको फिल्म हो, ‘प्रेमगीत ३’ । कोरोना महामारीको समयमा निर्माता तथा निर्देशक सन्तोष सेन र अभिनेता प्रदीप खड्काले महिनौं मुम्बई बसेर फिल्मको हिन्दी डब गरेका हुन् । अब यो फिल्म आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउँदैछ ।  शनिवार फिल्मको हिन्दी र नेपाली टिजर सार्वजनिक गरियो । नेपाली टिजर आक्रामक भ्यूजका साथ नेपालको ट्रेन्डिङ नम्बर ५ मा छ । एक मिनेट लम्बाईको एक्सन प्याक्ड टिजरलाई दर्शकबाट उम्दा प्रतिक्रिया मिलेको छ भने हिन्दी टिजरले नेपालसँगै भारतमा राम्रो चर्चा बटुलिरहेको छ । तर, नेपाली दर्शक र फिल्मकर्मीले फिल्मको टिजर नेपालीभन्दा हिन्दी भर्सनमा बढी रुचाएका छन् ।  साउथका प्रायः सुपरस्टारको फिल्मको हिन्दी डबिङ गरेका कलाकारले आवाज दिएकाले पनि टिजरले दर्शकको ध्यान खिचेको हो । हिन्दी टिजरमा डबिङ आर्टिस्टको डाइलग डेलिभरी र आवाज सुनेपछि नेपाली टिजरमा नेपाली कलाकारको डाइलग डेलिभरी फिक्का लाग्छ । हिन्दी टिजर हेरेपछि नेपाली दर्शकहरुले फिल्मको नेपाली भर्सनभन्दा हिन्दी डब हेर्न बढी रुचि देखाएका छन् ।  

 निर्माता तथा निर्देशक सेनले भारतसँगै नेपालमा पनि फिल्मको हिन्दी डब रिलिज हुने जानकारी दिए । ‘दर्शकहरुले हिन्दी टिजर बढी रुचाएको पायौं । साउथ फिल्मको हिन्दी डबमा सुनिरहेको आवाजले गर्दा पनि हुन सक्छ,’ उनले भने, ‘हामी फिल्मलाई नेपालमा हिन्दी डबमा पनि रिलिज गर्छौं । सम्भवतः नेपाली भर्सनमा रिलिज भएको एक हप्तापछि हिन्दी डब रिलिज हुन सक्छ ।’  उनी दर्शकहरुले हिन्दी भर्सनको टिजर बढी मन पराउनुको कारण डबिङ आर्टिस्टको आवाज परिचित भएर हुन सक्ने बताउँछन् । ‘केही वर्षयता हामी साउथ फिल्मबाट प्रभावित छौं । साउथका अधिकांश सुपरस्टारहरुको फिल्मको हिन्दी डबमा आवाज दिएका कलाकारले नै फिल्ममा डबिङ गरेकाले नेपालीभन्दा हिन्दी टिजर दर्शकलाई मन परेको होला । तर, फिल्म हेर्दा त्यस्तो लाग्दैन ।’ सन्तोषले भारतमा टिजरलाई मिलेको प्रतिक्रियाबाट उत्साहित रहेको बताए । बलिउड फिल्मका ट्रेड एनालिस्ट तरण आदर्शले फोन गरेरै टिजरको प्रशंसा गरेको बताउँदै सन्तोषले भने, ‘पोस्टर र टिजरले भारतमा फिल्मको निकै राम्रो चर्चा पाएको छ । अब हामी भारतमा प्रचारलाई ग्राउन्ड लेभलबाट सुरु गर्दैछौं । भारतमा फिल्म राम्रो चल्यो भने नेपाली फिल्मका लागि ठूलो ढोका खुल्नेछ ।’  स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, अनुभव रेग्मी, मनिष राउत, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतको अभिनय रहेको छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिना गुरुङले नायिकाको रुपमा डेब्यू गरेकी छन् । फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

Sharing is caring!

Latest News

भाइले देखाए स्वर्गीय दाजु प्रति प्रेम सद्भाव (भिडियो सहित )
मंगलवार, श्रावण ३१ १९:५५
स्टार कठायत निर्देशित ‘यसपालीको तीजैमा’ तीज गीत सार्वजनिक ( भिडियो सहित )
मंगलवार, श्रावण ३१ १९:५५