७ बैशाख २०८१, शुक्रबार
कैलाली  क्षेत्र नम्बर –५ टोल–टोलमा  नेपाली कांग्रेस अभियान
बुधबार, भाद्र ८ १५:३३

कैलाली क्षेत्र नम्बर –५ टोल–टोलमा नेपाली कांग्रेस अभियान

धनगढी,९भदौ । नेपाली कांग्रेस कैलाली  क्षेत्र नम्बर –५ले टोल–टोलमा  नेपाली कांग्रेस अभियान सुरु गर्ने भएको छ । बुधवार कैलालीको धनगढीमा बसेको क्षेत्रिय कार्य समितिको बैठकले सो निर्णय गरेको हो । 
क्षेत्रिय कार्य समिति अन्तरगत  रहेका २१ वडाका हरेक टोलमा कांग्रेसले “टोल–टोलमा कांग्रेस” अभियान संचालन गर्ने नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५का क्षेत्रिय सदस्य प्रदिप पाठकले जानकारी दिए । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी देश ब्यापी संचालन गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तरगत क्षेत्रिय समितिले सो अभियान थालनी गरेको पाठकले जानकारी दिए ।

No description available.
भदौ ११ गतेदेखि सुरु हुने अभियान १५ दिन सम्म  संचालन गरिने बताईएको छ । सो अभियान संचालन गर्न क्षेत्रिय समितिले  क्षेत्रका २१ ओटा वडामा प्रतिनिधि समेत खटाएको नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५का क्षेत्रिय सभापति भिम पडालले बताए  । 
अभियानका क्रममा नेपालीे कांग्रेसले गरेको बिकास, निति तथा सिद्धान्त र आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई बिजय गराउने रणनिती  लिने सभापति पडालले बताए ।
यस्तै सोहि अभियानले हरेक टोलमा टोल समिति बिस्तार नभएको भए समिति बिस्तार गर्ने र सदस्यता वितरणलाई समेत तिर्वता दिने सभापति पडालको भनाई छ । यसअघि नेपाली कांगेस केन्द्रिय कार्य समित र सुदूपश्चिम प्रदेस कार्य समितिले समेत अभियानको लागि प्रतिनिधि खटाई सकेको बताईएको छ । 

Sharing is caring!

गायक अमर सिं रानाको आनन्द क्याफे सञ्चालनमा
बुधबार, भाद्र ८ १५:३३
नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न । अध्यक्षमा कुँवर सर्वसम्मत निर्वाचित
बुधबार, भाद्र ८ १५:३३
shares