मंगलवार, भाद्र ७ ०७:०९
गायक अमर सिं रानाको आनन्द क्याफे सञ्चालनमा
रानाथारु गित मै तो प्यार करंगो तु से बोल को गित बाट चर्चामा आएका गायक अमर सिं रानाले अब गायन सगै क्याफे सञ्चालन गरेका छन ।
रानाले धनगढी उपमहानगरपालिकाको वडा नं. १३ राजपुरमा आनन्द ब्याफे सञ्चालन गरेका हुन ।
क्याफेमा रानाथारु परिकार संगै लोकल कुखुरा, खसी, हाँस तथा परेवाका विभिन्न परिकारको सेवा दिने बताउनु भएको छ अब गायन लाई छोड्नु हुन्छ कि भन्ने हाम्रो प्रश्न मा व्यवसाय र गायन दुबै संगै अगाडी मिलाएर लैजाने रानाले बताए ।
रानाले क्याफेमा रानाथारु परिकार संगै लोकल कुखुरा, खसी, हाँस तथा परेवाका विभिन्न परिकारको सेवा दिने बताउदै व्यवसाय र गायन दुबै संगै अगाडी लैजाने योजना रहेको जानकारी गरे ।
क्याफे उद्दघाटनमा राना कलाकार ,प्राबिधिकहरु थारु कलाकारहरु संगत थारु ,बिर चौधरी ,रमेश मिसन ,राजु चौधरी लगायतले सुभकामना दिएका थिए ।
गोबिन्द मुखिया, खबरचित्रका संवाददाता हुन्।