१३ बैशाख २०८१, बिहीबार
गठबन्धन सकसपूर्ण होइन सफल नै हुन्छः काङ्ग्रेस  नेतृ शर्मा
आईतवार, भाद्र १९ २०:४२

गठबन्धन सकसपूर्ण होइन सफल नै हुन्छः काङ्ग्रेस नेतृ शर्मा

गठबन्धनीय राजनीतिको प्रमुख दल नेपाली काँगे्रस सिट बाँडफाडका सकसमा छ । सत्ता गठबन्धनको कार्यदलले दुई दिन भित्रै सिट बाँडफाँडको टुंगो लगाउने जनाएको छ । आइतबार बिहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालग ायतका नेतासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटबारे छलफल गरेका थिए । काँगे्रसका इतरका दलले बढी भन्दा बढी सिट पाउनु पर्ने माग गरेका छन् ।

एकीकृत समाजवादीले कांग्रेसले ७० लिएर अरु छाड्नुपर्ने अडान लिएको छ । तर नेपाली काँगे्रसका नेताहरु भने राजनीतिक मियो मिलाउने नाममा काँगे्रस खुम्चिनु नहुने बताइरहेका छन् । नेपाली कागे्रसकी नेतृ गीता शर्माले गठबन्धनका नाममा काँगे्रसले आफ्नो हैसियत साँघुरो पार्न नहुने र त्यसका लागि नेपाली काँगे्रस सभापति चनाखो हुनु पर्ने बताइन । दांग क्षेत्र नं १ की काँगे्रस नेतृ शर्माले भनिन, गठबन्धन पनि टुट्नु हुँदैन ।

नेपाली काँगे्रसको गरिमामा पनि आँच पुग्नु हुँदैन । जित जितको स्थितिमा गठबन्धन अगाडि बढ्नु पर्ने उनको भनाई छ । देउवालाई पर धकेल्ने प्रयास गरेर नेपाली काँगे्रसको राजनीति अगाडि बढ्न सक्दैन ।

प्रधानमन्त्री देउवलाई यतिबेला हरेक तह तप्बाट सहयोग आवश्यक रहेको उनले बताइन । विगतमा केही कमी कमजोरी भएका होलान तर अवको राजनीतिको बागडोर पनि देउवाले नै सम्हाल्नु पर्ने नेतृ शर्माको भनाई छ ।

Sharing is caring!

चलचित्र निर्माता सङ्घको अध्यक्षमा नवल खड्का
आईतवार, भाद्र १९ २०:४२
म्यादी प्रहरी छनोट सम्बन्धी कार्यविधि:भदौ ३० देखि आवेदन खुला
आईतवार, भाद्र १९ २०:४२
shares