७ बैशाख २०८१, शुक्रबार
म्यादी प्रहरी छनोट सम्बन्धी कार्यविधि:भदौ ३० देखि आवेदन खुला
मंगलवार, भाद्र २१ १४:१५

म्यादी प्रहरी छनोट सम्बन्धी कार्यविधि:भदौ ३० देखि आवेदन खुला

धनगढी , २१
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्य क्षेत्रमा खटिने भएका छन् । निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि गृह मन्त्रालयद्वारा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मन्त्रालयद्वारा स्वीकृत कार्यविधि अनुसार कात्तिक दोस्रो सातादेखि म्यादी प्रहरीलाई कार्य क्षेत्रमा खटिने भएका हुन । म्यादी प्रहरी भर्नाका लागि यही भदौ २६ गते सूचना प्रकाशित हुने भएको छ । त्यस्तै, भदौ ३० देखि असोज ६ गतेसम्म आवेदन दिन सकिने, असोज ९ देखि १४ गतेसम्म छनोट प्रक्रिया र असोज २५ गते नजिता प्रकाशन गर्ने गरी कार्यविधि स्वीकृत भएको छ । यसैगरी, असोज २७ र २८ गते नियुक्ति पत्र दिने कार्यविधिमा उल्लेख छ ।कात्तिक ८ गते तालिम सम्पन्न गरी कात्तिक ९ गतेबाट म्यादी प्रहरीलाई कार्य क्षेत्रमा खटाइने योजना प्रहरीको छ । म्यादी प्रहरीको कार्यवधी ४० दिनको हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी छ । मङ्सिर ४ गते हुने निर्वाचनमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिइने बताइएको छ ।

Sharing is caring!

गठबन्धन सकसपूर्ण होइन सफल नै हुन्छः काङ्ग्रेस नेतृ शर्मा
मंगलवार, भाद्र २१ १४:१५
नेपाल गोल्डेन आइडलमा अत्तरियाका प्रेम सुनार
मंगलवार, भाद्र २१ १४:१५
shares