१४ बैशाख २०८१, शुक्रबार
चर्चित कमेडियन राजु श्रीवास्तवको निधन
बुधबार, आश्विन ५ ११:५३

चर्चित कमेडियन राजु श्रीवास्तवको निधन

भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको निधन भएको छ। उनको ५८ वर्षको उमेरमा निधन भएको हो। 

हृदयघातका कारण अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स दिल्लीमा उपचारत उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चार माध्यम हिन्दुुस्तान टाइम्समा उल्लेख छ। 

जिममा भएको बेला उनलाई हृदयघात भएपछि अगस्ट १० मा अस्पतालमा भर्ना भएका थिए। उनी ट्रेडमिलमा दौडिरहेको बेला बेहोस भएका थिए।

श्रीवास्तव चर्चित कमेडियन हुन्। उनी ‘इन्डियाज लाफ्टर च्यालेन्ज’, ‘बिग बोस सिजन ३’, ‘देख भाइ देख’ जस्ता कार्यक्रममा देखिएका छन्।

त्यस्तै ‘बम्बई टु गोवा’ र ‘ट्वाइलेटः एक प्रेम कथा’ जस्ता फिल्ममा पनि उनले अभिनय गरिसकेका छन्।

Sharing is caring!

चलचित्र ‘प्रेम गीत–३’ असोज ७ देखि प्रदर्सन प्रचार-प्रसार गर्न टोलि पुग्यो धनगढी
बुधबार, आश्विन ५ ११:५३
नेपाल गोल्डेन आइडलको टप १० मा पुग्नका लागी काका प्रेम सुनार र भतिजी सपना ताम्राकार भिड्ने
बुधबार, आश्विन ५ ११:५३
shares