६ बैशाख २०८१, बिहीबार
नेपाल गोल्डेन आइडलको टप १० मा पुग्नका  लागी काका प्रेम सुनार र भतिजी सपना ताम्राकार भिड्ने
बुधबार, आश्विन ५ १२:५४

नेपाल गोल्डेन आइडलको टप १० मा पुग्नका लागी काका प्रेम सुनार र भतिजी सपना ताम्राकार भिड्ने

अत्तरिया – नेपाल गोल्डेन आइडलको टप १० मा पुग्नका लागि कैलालीको गोदावरी नगरपालिका – ३ अत्तरियाका काका प्रेम सुनार र भतिजी सपना ताम्राकार भिड्ने भएका छ । उनीहरु भदौ ३१ गते पोखरामा भएको टप ३० प्रतिस्पर्धाबाट टप १५ मा छनोट भएका थिए । अब असोज ८ गते हुने टप १० छनोटका लागि काका, भतिजी सहित १५ जना प्रतिस्पर्धा गर्न लागेका हुन ।

प्रतिस्पर्धी प्रेमले आफूहरु टप ३० बाट भोट र जजको निर्णयको आधारमा टप १५ मा छनोट भएको बताए । भोट गरेर टप १५ मा पुगाउन सहयोग गर्नेलाई धन्यावाद दिदै उनले अब टप १० मा जजको निर्णयका आधारमा छनोट गरिने बताए ।

टप १५ मा पुगेका प्रेम भारतमा रोजगारी संगै सांगितिक यात्रा अगाडी बढाइरहेका छन भने सपना अत्तरियामै रहेको दुर्गालक्ष्मी नमूना माविमा कक्षा १० मा अध्ययनरत छिन ।

bishal shuit house

उनले आफूले कक्षा ७ देखि नै बिभिन्न कार्यक्रममा गित गाएको देखेर काका (प्रेम) ले नै नेपाल गोल्डेन आइडलमा आफूसंगै अडिसन दिन लगाएको बताईन । उनले अब नेपाल गोल्डेन आइडलको उपाधी जित्ने आफ्नो लक्ष्य रहेको बताईन् ।

दुबै जना हाल अत्तरियामै डम्मब बहादुर रोकायाले संचालन गरको मष्टा सारेगामा पाठशाला प्रशिक्षण लिइरहेका छन ।

सम्बन्धित समाचार : गोल्डेन आइडलको उपाधिका लागि सघर्ष गर्दै अत्तरियाका प्रेम सुनार

Sharing is caring!

चर्चित कमेडियन राजु श्रीवास्तवको निधन
बुधबार, आश्विन ५ १२:५४
सुदुर पश्चिमाञ्चल क्याम्पस (एस पि ए)ले पायो अन्तर्राराष्ट्रिय अवार्ड
बुधबार, आश्विन ५ १२:५४
shares