१८ बैशाख २०८३, शुक्रबार
रवि ओड र समिक्षा अधिकार अवाजमा चैरमुसी रान्चरी´´ बोलको गीत बजारमा ( भिडियो सहित )
बिहीबार, कार्तिक ३ २०:३४

रवि ओड र समिक्षा अधिकार अवाजमा चैरमुसी रान्चरी´´ बोलको गीत बजारमा ( भिडियो सहित )

बरिष्ट देउडा गायक नरेन्द्र राज रेग्मीको प्रस्तुती “चैरमुसी रान्चरी´´ बोलको गीत बजारमा सार्वजनिक भएको छ। बरिष्ट देउडा गायक नरेन्द्र राज रेग्मीको शब्द रहेको चैर मुशि रान्चरी नयाँ मेलोडीमा संगीतकार भिम बिसिले संगीत भरेका छन।धनगढीमा रहेको चौलानी क्लबमा एक सांगीतिक कार्यक्रम बिच सार्वजनिक भएको हो।

नेपाल आइडल रबि ओड,समिक्षा अधिकारी , भिम बि सि र कमल रेग्मीको आवाजमा सजिएको यो गीतको भिडियो भवानी रेग्मी र रेशम बिष्टको नृत्य देख्न सकिन्छ। ३० दशक पुरानो आफ्नो गीतहरु नयाँ सैलीबाट आएकोले बरिष्ट देउडा गायक रेग्मीले खुशी व्यक्त गरे। २०४५ सालमा चैर मुसी चैरको गीतको क्यासेटले निकै चर्चा कमाएको थियो । त्यो समयमा “चैर मुसी चैर´´व्यंगको रुपमा गीत लेखिएको थियो भने अहिले तेही लयमा ठत्यौली माया प्रेमका गीतका शब्द रहेको बरिष्ट देउडा गायक रेग्मीले बताए।

रेग्मीका चर्चा पाएका गितहरु ,चैरमुसी चैर ,दुकुरान्चडी र बस गयो खोडपे है चिर लगायतका गीत अब नया मोलोडिमा आएकोले सबैले मन पराइ दिनेमा बिश्वस्त रहेको बताए। गीत म्युजिक भिडियोलाइ त्रिबेन्द्र कर्णले नृत्य निर्देशन गरका छन् भने क्यामेरा तथा ड्रोन प्रकाश नागरीले गरेका हुन।

उक्त भिडियोलाई सम्पादन भने पि आर जोशी (पदम ) गरेका छन्। गीत भिडियो भिडियो Narendra Raj Regmi official युटूबबाट बजारमा आएको हो।

Sharing is caring!

Latest News

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आनन्द कामीले करातेको कुमितेमा जिते स्वर्ण पदक
बिहीबार, कार्तिक ३ २०:३४
धनगढीमा ४ गते दिवाली फेस्ट आयोजना हुदै
बिहीबार, कार्तिक ३ २०:३४