नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आनन्द कामीले करातेको कुमितेमा जिते स्वर्ण पदक
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तर्फको ५० किलोभन्दा मुनीको तौल समूहमा करातेको कुमिते (फाईट) मा सुदुर पश्चिमका आनन्द कामीले स्वर्ण पदक जितेका छन् । उनी सुदूरपश्चिमलाई कराते तर्फ स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् । फाईनल प्रतिस्पर्धामा बाग्मती प्रदेशका खेलाडीलाई पराजीत गर्दै उनले स्वर्ण पदक जितेका छन् ।
पर्वतको कुस्मामा जारी कराते तर्फको प्रतिस्पर्धामा बर्षा साउँदले महिला तर्फको एकल कातामा एउटा कास्य र कुमिते९फाईट० तर्फ एउटा कास्य पदक जितेकी छन् ।
त्यसैगरी ४५ किलो तौल समूहमा बर्षा साँउद, ५५ किलो तौल समूहमा प्रदिप बैजाली मगर, ६० केजी तौल समूहमा खड़क थामीमगर र ५० किलो तौल समूहमा गरिमा मल्लले सुदूर पश्चिमलाई एकरएक कास्य पदक दिलाएकी छन् ।
स्वर्ण पदक जितेका आनन्द कामीलाई आठौं साफका पदकधारी मकेन्द्र सिंहले सम्मान स्वरुप पाँच हजार रुपैया प्रदान गरेका छन् ।
