८ बैशाख २०८१, शनिबार
मौन अवधि सुरु यो समयमा उम्मेद्वारले के के गर्न पाइँदैन ? थाहा पाउनुहोस्
शुक्रबार, मंसिर २ ००:२१

मौन अवधि सुरु यो समयमा उम्मेद्वारले के के गर्न पाइँदैन ? थाहा पाउनुहोस्

कैलाली ,०२ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज मध्यरातिबाट मौन अवधि सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारहरुले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । उक्त अवधि सुरु भएपछि राजनैतिक दल तथा उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन्। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताले व्यवस्था गरेबमोजिम मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले पालना गर्नुपर्ने बुँदाहरू पूर्ण पालनाका लागि आग्रह गरे । निर्वाचन आचारसंहिता २०७८ ले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने व्यवस्था गरेको छ । मौन अवधिमा सामाजिक सञ्जालसमेतमा प्रचारप्रसार गर्न पाइँदैन।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवार तथा राजनीतिक दललाई विगतमा सामाजिक सञ्जालबाट गरेको प्रचार सामग्री हटाउन निर्देशन दिइएको बताए । उम्मेदवारले प्रचार सामग्री हटाए नहटाएको तथा नयाँ प्रचार सामग्री राखेको सम्बन्धमा निगरानीको जिम्मेवारी नेपाल प्रहरी र नेपाली सेनाको साइबर ब्युरोलाई दिइएको आयोगले जनाएको छ। मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको तीन सय मिटर वरिपरिका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ।

Sharing is caring!

धनगढीलाई समृद्ध बनाउन म लागि पर्ने छुःप्रकाश देउवा
शुक्रबार, मंसिर २ ००:२१
केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकका निर्णय यी हुन्
शुक्रबार, मंसिर २ ००:२१
shares