२३ माघ २०७९, सोमबार
धनगढीलाई समृद्ध बनाउन म लागि पर्ने छुःप्रकाश देउवा
बुधबार, कार्तिक ३० १३:००

धनगढीलाई समृद्ध बनाउन म लागि पर्ने छुःप्रकाश देउवा

धनगढी- चुनावको मिति नजिकिएसंगै उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त बनेका छन । सबै दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी एजेण्डा बोकेर मतदाता रिझाउने प्रयासमा जुटेका छन । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा ‘ख’ गठबन्धनका साझा उम्मेवार प्रकाश बहादुर देउवा, नेकपा एमालेका उम्मेदवार दुर्गा जोशी र स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीविच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । तीनै उम्मेदवारले आफु चुनाव जित्ने दावी गरिरहेका छन । आफ्ना चुनावी एजेण्डा सहित जनताको घरदैलोमा गइरहेका गठबन्धनका साझा उम्मेदवार प्रकाश बहादुर देउवासंग चुनावी महासंग्रामका विषयमा छिनोफानो कर्मिले गरेको कुराकानी ।

१. चुनावी प्रचार प्रसारमा कस्तो भइरहेको छ ?

हम्रो पाँच दलिय प्रचार प्रसार समयन्त्र बनाएका छौं । वडा, टोल र घरदैलोका गरी तीन चरणमा प्रचारप्रसार गरिरहेका छौ. । जनता माझ गइरहेका छौं मत मागी रहेका छौं  

२. तपाईका एजेण्डा के के छन ?

अहिले मैले यो क्षेत्रमा आफ्नो प्रतिबद्धता पत्रसहित भोट माग्दै छु । १० बँदे प्रतिबद्धता सहित तयार पारेको घोषणा पत्र जनताको हात हातमा राख्दै म हिडिरहेको छु । धनगढी उपमाहानगरपालिका भित्रका समस्यालाई बढी जोड दिएको छु । देख्दा सानो देखिने तर यहाँका नागरिका जीवनसंग जोडिएका सामान्य आधारभुत समस्यालाई समाधान गर्ने जोड दिएको छु । यस क्षेत्रको पहिलो समस्या भनेको डुवान, कटान र अव्यवस्थीत शहरीकरण रहेको छ । हाम्रा खोलानाल अतिक्रमण भएर शहर नै डुवानमा परिरहेको छ ।

यी लगायत सबै शिक्षा स्वास्थ्य रोजगारका कुराहरु र यो धनगढीलाई भोली साच्चिकै राजधानी कसरी बनाउन सकिन्छ भन्ने कुराहरुलाइ आफ्नो एजेण्डाको रुपमा अगाडी बढाएको छु । अहिलेको यो नाम मात्रैको राजधानी नभएर भोली साच्चिकैको राजधानी बनाउने कुरालाई जनताको माझमा राख्दै भोट माग्दैआएको छु ।

३. घरदैलौ कार्यक्रममा गइरहनु भएको छ जनताका अपृेक्षा के के पाउनु भयो ?

जनताका आकांक्षा भन्दा पनि हामी राजनीतिक दल तथा नेता प्रति अलि निराशा बढेको छ । नेताहरुले प्रत्यक चुनावमा घर घरमा आउने ठुला ठुला आश्वासन दिने र पछि फर्किएर नआउने वा पूरा गर्न नसकिने आश्वासन दिने परम्पारा चलेको रहेछ । त्यसैले जनताले अति शंका गर्ने हाम्रा कुरामा बिश्वास नगरहेको देखिन्छ । तर, मेरो हकमा के छ भने– म एउटा युवा भएको र यस क्षेत्रका जनताले मलाई आशाको रुपमा हेरेका छन । तपाइलाई हामी सबैले जीताउछौं । तपाइले केही गर्न सक्नु हुन्छ, भनेर जनताले म प्रति धेरै आशा बोकेका छन ।

अहिले गठबन्धन देशै भरी मजबुद बन्दै गएको छ र यसले मंसिर ४ पछि पनि आफ्नो सरकार बनाउने भएकाले हामी तपाइ लगायत गठबन्धनका साथीहरुलाइ भोट हाल्छौ एक पटक तपाइहरुलाई पनि मौका दिन्छौ, भन्ने खालको प्रतिक्रिया पाइरहेका छनैं । मेरो घर पनि यही हो । मैले उच्च शिक्षा पनि यही क्षेत्रबाट लिएको हुँदा यस क्षेत्रका सबै समस्याको बारेमा मलाइ थाहा छ । त्यसै म जितेपछि कतै भाग्ने भन्ने कुरा हुदैन । मैले यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सकेको सबै कोशिस गर्ने छु । यस क्षेत्रका नागरिकलाई निराश हुन दिने छैन ।

४. कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पुरै गठबन्धन विजियी हुन्छ ?

जित्छौं । हाम्रो प्रतिस्पर्धी नै छैन । हाम्रो बागी उम्मेदवार उठेको भएका कारण अलि चर्चा छ । एमालेसंग त हाम्रो प्रतिस्पर्धा नै छैन । उनिहरुका कार्यक्रममा जनताको साथ हेरौ हाम्रो कार्यक्रममा जनताको साथ र समर्थन हेरौं । २०७४ सालमा पाएको भोटको उहाँहरुले कदर गर्न सक्नु भएन । त्यसैले यहाँका जनताले फेरि एमालेलाई भोट हाल्छन भन्ने मलाई लाग्दैन ।

५.त्यसो भए कांग्रेसबाट बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका पुष्करनाथ ओझा र क्षितिज भण्डारी गठबन्धनका लागि चुनौती हुन त ?

पहिलो कुरा त उहाँहरु जित्नका लागि होइन, हामीलाई हराउनका लागि उठेको हो । उनिहरु जित्ने कुनै आधार छैन । पाँच दलिय गठबन्धनका साझा उम्मेदवारलाइ हराउनका लागि उठेका हुन । उहाँहरुको आफुलाई बाहेक अरुलाइ नस्विकार्ने प्रवृती हो की ? जस्तो लाग्छ ।

६. उहाँहरुको उम्मेदवारीले गठबन्धनलाई कुनै असर पर्दैन त्यसो भए ?

त्यसले खासै असर गर्दैन । सबैले देखेकै छ । उहाँहरुलाई यो पार्टीले विभिन्न अवसर दिएकै हो । विभिन्न पदमा पुर्याएकै हो । अरुले गर्न सक्दै आफुले मात्र गर्छु भन्नु खासै राम्रो होइन । त्यस्तो राजनीति गर्नु राम्रो जस्तो लाग्दैन मलाई ।

७. प्रकाश देउवा जितेर गएपछि सुदूरपश्चिमको मुख्यमन्त्री बन्छन् , भन्ने चर्चा चलेको छ । यस विषयमा के भन्नु हुन्छ ?

हामी त दलिय प्रतिनिधि हौ । भोली पार्टीले जुन स्थान दिन्छ त्यही बसेर काम गर्ने हो । अहिले नै यो बन्छु त्यो बन्छु भन्न सकिदैन । यो हामीले बन्छु भनेर हुने कुरा पनि होइन । अरुले के भने त्यले खासै फरक पार्दैन ।

८. तपाईंले जित्नु भयो भने योक्षेत्रको बिकासका लागि सबै भन्दा पहिलो प्राथमिकता के हुन्छ ?

जसरी अहिले भोट माग्न गाउँ गाउँमा आइरहेका छौं । यहाँ साना साना काम पनि नभएको देखेका छौं । कतिपय ठाउँमा त ग्राभेल, विजुलीका पोल र तारको माग आइरहेका छ । ठुला सपना भन्दा पनि यी आधारभूत आबश्यकता पुरा गर्नु पर्छ । खानेपानीको समस्या, किसानहरुका मल खादको समस्या छन । जनताका आधारभूत आबश्यकतालाइ सहि तरिकाले समाधान गर्ने गरी अगाडी बढीने छ ।

९. अन्तमा यस क्षेत्रका मतदालाई तपाइको सन्देश के छ ?

अब धेरै दिन छैन । हामी गठबन्धनका साझा उम्मेदवारलाई मतदान गरेर विजयी गराउनहोस । यहाँका समस्या तपाइहरुका माग हामी सम्बोधन गर्ने छौं । धनगढीलाई समृद्ध धनगढी बनाउनेमा हामी लागि पर्ने छौं भन्ने विश्वास दिलाउन चाहन्छु ।

प्रतिकृया दिनुहोस

Sharing is caring!

Latest News

कैलाली र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा एन आर एन र इन्द्रेणी फाउन्डेसनको आयोजनामा भूकम्प पीडितलाई राहत वितरण
बुधबार, कार्तिक ३० १३:००
मौन अवधि सुरु यो समयमा उम्मेद्वारले के के गर्न पाइँदैन ? थाहा पाउनुहोस्
बुधबार, कार्तिक ३० १३:००
shares