७ बैशाख २०८१, शुक्रबार
कैलाली र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा  एन आर एन र इन्द्रेणी फाउन्डेसनको आयोजनामा भूकम्प पीडितलाई राहत वितरण
मंगलवार, कार्तिक २९ २२:४८

कैलाली र डोटी उद्योग वाणिज्य संघको संयुक्त सहकार्यमा एन आर एन र इन्द्रेणी फाउन्डेसनको आयोजनामा भूकम्प पीडितलाई राहत वितरण

डोटी,२९ कात्तिक । डोटीका भूकम्प पीडितलाई राहत वितरण गरेको छ। मंगलबार कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा गैर आवासीय नेपाली सङ्घ एनआरएनको आयोजनामा भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी  बराबरको राहत सामाग्री सहयोग गरिएको छ ।

जिल्ला विपत  व्यवस्थापन समिति मार्फत तीन लाख ५४ हजार सात सय ५० बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको हो । चामल,तेल,दाल, चिउरा , कम्बल डसना आलु लगायत भुकम्प पिडितलाई राहात सामाग्री जिल्ला बिपत ब्यवस्थापन समिति मार्फत प्रमुख जिल्ला अधिकारि कल्पना श्रेष्ठ ,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, पुर्बी चौकी गाउँपालिकाका अध्यक्ष राम उपाध्याय ,नेपाल रेडक्रस साेसाईटि डाेटि शाखाका देव बहादुर बाेहरा ,कैलाली उधाेग बाणिज्य संघका अध्यक्ष पुष्प कुवर , डोटी उधाेग बाणिज्य संघका महासचिव दिपक बहादुर खड्का लगायतले सयुक्तमा हस्तान्तरण गरेका हुन ।कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत पुर्ण क्षेती भएका २६ घर परिवारलाई रु, ६ लाख १५ हजार गा.पा. का अध्यक्षको सहभागीता सहित पीडितहरु कै हातमा हस्तान्तरण गरिएको हो । इन्द्रेणीलाई विश्वास गरि सहयोग गर्नुहुने सम्पुर्णमा आभार प्रकट गरिएको थियो ।

गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट डोटीका ६ जनाले ज्यान गुमाएका थिए। भने एक दर्जन घाइते भएका थिए । 

Sharing is caring!

बेङ्गलोरमा बझाङ घर भएकिएक नेपाली युवति झुण्डिएको अवस्थामा मृत फेला
मंगलवार, कार्तिक २९ २२:४८
धनगढीलाई समृद्ध बनाउन म लागि पर्ने छुःप्रकाश देउवा
मंगलवार, कार्तिक २९ २२:४८
shares