१२ असार २०८३, शुक्रबार
राष्ट्रिय फोटो संग्राहलयको विषयमा छलफल गर्न  महासंघ मन्त्रालयमा
शुक्रबार, चैत्र २४ २१:४९

राष्ट्रिय फोटो संग्राहलयको विषयमा छलफल गर्न महासंघ मन्त्रालयमा

नेपाली फोटो पत्रकारहरुको छाता संगठन ‘नेपाल फोटो पत्रकार महासंघ’का केन्द्रिय पदाधिकारीले सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्मालाई भेटेका छन् । चिनवनमा निर्माणका लागि तयारी हुँदै गरेको राष्ट्रिय फोटो संग्राहलयको विषयमा छलफल गर्न महासंघका पदाधिकारी सिंहदरबारस्थित मन्त्रालयसम्म पुगेको हो ।

छलफलको क्रममा सहभागी महासंघका केन्द्रिय सदस्य चित्रकुमार कार्कीका अनुसार संग्रहालय निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग गर्ने मन्त्री शर्माले प्रतिबद्धता जनाएकी थिईन् । भेटमा मन्त्री शर्माले महासंघको वर्तमान अवस्था र समावेशीताबारे चासो देखाएको सदस्य कार्कीले बताए ।

मन्त्रीसँग महासंघ प्रतिनिधिको भेट सकारात्मक रहेको बताइएको छ । महासंघका केन्द्रिय अध्यक्ष हरि रेग्मी, निवर्तमान अध्यक्ष ध्रुव आले तथा उपाध्यक्ष सागर श्रेष्ठलगायतको टोलीले मन्त्री शर्मालाई फोटो संग्राहकलय तथा मिडिया टेक्नोलोजी एक्सपोलगायतका योजना समेटिएको प्रस्तावनापत्र समेत बुझाएको थियो ।

Sharing is caring!

Latest News

तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकपको तयारी पुरा, उद्घाटन खेलमा आयोजक गौरीगंगा ११ र डोटी भिड्ने
शुक्रबार, चैत्र २४ २१:४९
राष्ट्रिय प्रजातन्त्र पार्टी धनगढी उप महानगरपालिको नगर कार्य समितिले गर्‍यो सम्मान
शुक्रबार, चैत्र २४ २१:४९