१४ बैशाख २०८१, शुक्रबार
राष्ट्रिय प्रजातन्त्र पार्टी धनगढी उप महानगरपालिको नगर कार्य समितिले गर्‍यो  सम्मान
आईतवार, चैत्र २६ ११:३२

राष्ट्रिय प्रजातन्त्र पार्टी धनगढी उप महानगरपालिको नगर कार्य समितिले गर्‍यो सम्मान

राष्ट्रिय प्रजातन्त्र पार्टी कैलाली धनगढी उप महानगरपालिको नगर कार्य समितिका सभापति शमशेर जङ्ग स्वाँरको सभापतित्वमा अगामी नयाँ वर्ष २०८० सालको शुभ कामना आदान प्रदानका कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेशका अध्यक्ष धर्मराज जोशीले विभिन्न सङ्गठन सङ्गठित गर्दै राप्रपा अघि बढिरहेको र राप्रपा पार्टी देशको निर्णायक पार्टी बन्न गइरहेको अध्यक्ष जोशीले बताए । अब यो देशमा निर्णयको आन्दोलन हुन गइरहेको बताए ।
सिङयताले गर्दा पनि यो देशको अवस्था अर्थ तन्त्रमा समस्या हुन आएको उनले बताए। हिन्दु धर्म नेपालमा मात्र होइन देश विदेशमा पनि उतिकै मानिरहेको अवस्था छ । उनले भने आफूले राप्रपाको बारेमा जनतालाई बुझ्नु सक्दा आफूहरू चुनाव हारेको बताए। अब राप्रपामा दलित आदिवासी जनजाति लगायतहरु लाई समेटिए रहेको बताए। राप्रपामा लागेकहरु अहिले देशको शक्तिमा रहेको बताए। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटीका भातृ सङ्गठन महिला राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन,युवा सङ्गठन, विद्यार्थी संगठनहश्रमो उपस्थिति रहेको थियो ।
कार्यक्रम विशिष्ट अतिथि कैलालीका अध्यक्ष होम बहादुर गुरुडु ,अतिथि केन्द्रीय सदस्य पुष्कर दत्त भट्ट, सुप प्रदेश उपाध्यक्ष रोम जङ्ग स्वार,सुप प्रदेश,कोषाध्यक्ष डिल्ली राज अवस्थी, जिल्ला कार्य समिति कैलाली का वरिष्ठ उपाध्यक्ष धन बहादुर चौधरी,जिल्ला प्रवक्ता शिवराज भण्डारी, राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी जिल्ला अध्यक्ष रश्मी शाह लगायतको उपस्थिति रहेको थियो । साथै राष्ट्रिय प्रजातन्त्र पाटीका भातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन, वडा कमिटी, राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनलाई अ आफ्नो क्षेत्रबाट पार्टीको पक्षमा पु¥याउनु भएको योगदानका आधारमा उच्च मूल्याङ्कन गरी स.धन्यवाद सहित प्रशंसा तथा सम्मान पत्र बितरण गरेको हो । कार्यक्रममा स्वागत मन्तब्य नगर कार्य समितिका उपाध्यक्ष मणिकान्त मिश्रले गर्नु भएको थियो । सौराई पार्टी प्यालेसमा सम्पन्न भएको हो।

Sharing is caring!

राष्ट्रिय फोटो संग्राहलयको विषयमा छलफल गर्न महासंघ मन्त्रालयमा
आईतवार, चैत्र २६ ११:३२
द धनगढी थ्रीडी आर्ट म्यूजियमको अनुभव लिन दैनिक सयौं दर्शक
आईतवार, चैत्र २६ ११:३२
shares