१८ बैशाख २०८३, शुक्रबार
द धनगढी थ्रीडी आर्ट म्यूजियमको अनुभव लिन दैनिक सयौं दर्शक
आईतवार, चैत्र २६ १५:३६

द धनगढी थ्रीडी आर्ट म्यूजियमको अनुभव लिन दैनिक सयौं दर्शक

सुदरपश्चिमको कैलालीको धनगढी आर्ट म्यूजियम सञ्चालनमा आएको छ । द धनगढी थ्रीडी आर्ट म्यूजियमको अनुभव लिन दैनिक सयौं दर्शक पुग्ने गरेका छन । कैलालीको धनगढी चारको उत्तरवेहडी नास्ट कलेज नजिक प्याराडाइज रेस्टुरेन्टसंगै आर्ट म्यूजियम पनि सञ्चालनमा आएको छ । करिब ८० लाखको लागतमा धनगढी आर्ट म्यूजियम सञ्चालनमा आएको हो । धनगढी आर्ट म्यूजियम सुदूरपश्चिम प्रदेशमै पहिलो भएको बताइएको छ । बालवालिका तथा अन्य उम्मेर समुहका ब्यक्तिका लागी मनोरञ्जनका लागि म्यूजियम मुख्य गन्तब्य बन्ने सञ्चालकको अपेक्षा छ ।

सञ्चालनको सुरुवातमै दैनिक ८० जनादेखि १ सय जनासम्मले म्युजियम घुम्ने गरेका छन । म्युजियममा रहेका सबै आकृतिहरु थ्रीडी आर्ट हुन् । म्युजियममा दृष्यसँग फोटो खिच्दा वास्तविक वस्तुसँग फोटो खिचे जस्तै हुने अवलोकनकर्ताको अनुभव छ ।

त्यस्तै म्यूजियममा समुन्द्रका दृष्य, वनजंगल, डुङ्गा चढेर लुम्बिनी, धान रोपाईँ, हिमाल आरोहण, पेन्टिङ गर्ने, ध्यान गर्ने ठाउँ, बालबालिकाका लागि खेल्ने ठाउँ पनि उपलब्ध छ । म्युजियममा छिरेपछि दुई तीन घन्टा विताउन सकिने अवलोकनकर्ता बताउछन ।

हिउँ वर्षा र समुद्र, सार्क, रंगीन माछा लगायतले पनि अवलोकनकर्ता आकर्षित गरेको छ । अन्य दिनमा भन्दा शनिवार म्युजियममा विशेष भीड हुने गर्दछ । म्युजियममा वयस्कका लागि २ सय ५० रुपैयाँ, १० कक्षासम्मका विद्यार्थीका लागि १ सय ५०रुपैयाँ तय गरिएको छ ।

Sharing is caring!

Latest News

राष्ट्रिय प्रजातन्त्र पार्टी धनगढी उप महानगरपालिको नगर कार्य समितिले गर्‍यो सम्मान
आईतवार, चैत्र २६ १५:३६
नेपालमा अम्बेडकरबाद बिशाल बन्दै ः जैगडी
आईतवार, चैत्र २६ १५:३६