नेपालमा अम्बेडकरबाद बिशाल बन्दै ः जैगडी
नेपाल बौद्ध अम्बेडकर महासभाले भारतका संबिधान निर्माता बाबा साहेब डा.भिमराव अम्बेडकरको १३२ औं जन्मजयन्ती काठमाडौंमा भव्यताका साथ सम्पन्न गरेको छ ।
काठमाडौको बिश्व शान्ति बिहारमा आयोजना गरेको कार्यक्रमका प्रमुख अथिति भिक्च्छु अशोक माहास्तवीरले बुद्धलेनै बिश्वमा समतामुलक समाजको निर्माण गर्न क्रन्तिको सुरुवात गरेका थिए तिनै महान व्यक्तिवको विचारलाइ आत्मासाथ गर्दे डा.बाबा साहेव अम्बेडकरले पनि समाजका शोषित,पीडित समुदायको मुक्तिका लागी निरन्तर आवज अएका थिए तिनै माहन व्याक्तिको बिचारलाइ अब नेपालमा पनि बिशाल बनाउन पर्ने आवस्यक रहेको बताएका थिए । यस्तै नेपाल बौद्ध अम्बेडकर महासभाका केन्द्रीय अध्यक्ष मनोज जैगडीले यो जन्मउत्सव केवल जन्मउत्सव मात्र नभएर डा. भिमराव अम्बेडकरकका बिचारहरुलाइ जागरण गर्न देश व्यापी अभियान सुरुवात भएको बताएका छन । जब सम्म नेपालमा बाबा साहेब डा.भिमराव अम्बेडकरको बिचारलाइ हामी आत्मासाथ गर्न सक्दैनौ तव सम्म नेपाका उत्पीडित समुदायको उत्थान नहुने बताएका छन ।
त्यस्तै पुर्वमन्त्रि केशवमान शाक्य, विशेन्द्र पासवान,रिजवान अन्सारीले समेत नेपालमा दलित,जनजाती, अदीबासी, महिला, मुष्लिम समुदायको उत्थानकालागी बाबा साहेबको बिचार अनुसरण गर्दे अगाडी बढनु पर्ने आवस्यक रहेको बताएका छन । कार्यक्रमका अथिति डा.मान बहादूर विश्वकर्मा, पूर्व राजदुत डा.निर्मल विश्वकर्मा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज विश्वकर्मा, डा.मित्र परियारले समेत अब नेपालका शोषित पीडित समुदायको हकअधिकारका लागी सम्पुर्ण दलित अगुवाहरु एक भएर अगाडी बढ्दै नेपालमा अब अम्बेडकरबादको सुरुवात भइसकेको बताए छन । कार्यक्रमामा अभियान्ता एवंम संचारकर्मी सरु सुनारले अब दलित समुदायको हक अधिकारकालागी दलित समुदायहरुले फुटेर जुटेर अगाडी बढ्नु पर्ने आवस्यक रहेको बताएकी छन । कार्यक्रममा सात जना सञ्चारकर्मीहरुलाई समेत सम्मान गरेको थियो । सम्मानित हुनेमा डा. अम्बेडकर एक्सट्रा अडिनरी सम्मान बाट पत्रकार सरु सुनार, डा.अम्बेडकर राष्ट्रिय पत्रकार सम्मान हरिश बि.क,अम्बेडकर युवा पत्रकारिता सम्मान हिमेश वि.क, अम्बेडकर कृषि पत्रकार सम्मान बैकुण्ठ भण्डारी,अम्बेडकर महिला पत्रकािरता सम्मान भावना हमाल,अम्बेडकर सम्मान पत्र रमा चन्द लाई प्रदान गरेको थियो
