१८ बैशाख २०८३, शुक्रबार
सार्डन नेपाल द्वारा किटनाशक झुल वितरण
सोमबार, बैशाख ४ २१:३१

सार्डन नेपाल द्वारा किटनाशक झुल वितरण

कैलाली , ०४ बैशाख , पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। डेंगुले दैनिक दर्जनौँ मानिसको ज्यान समेत लिदैँ आएको छ । डेंगु संक्रमणको जोखिम दैनिक बढ्दै गएको भन्दै सोमबार साइन नेपाल धनगढीले कैलालीको कैलारी गाउँपालिकामा डेंगु संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरुमा गरिव तथा विपन्न परिवारलाई किटनाशक झुल वितरण गरेको हो।

गाउँपालिकाका वडा नम्बर १,३ र ४ का १५०० परिवारको लागि प्रति घर तिन थानका दरले साइन नेपाल संस्थाले CAR-22 परियोजना अन्तर्गत पालिकामा ४५०५ थान स्थानीयलाई किटनाशक झुल वितरण गरिएको छ।
आज एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष राज समज चौधरीले झुल वितरण गर्नुभयो हो । गाउँपालिकाबाट वितरण भइरहेको झुलको प्रभावले धेरै हदसम्म लामखुट्टेको टोकाईलाई कम गर्ने र लामखुट्टेको टेकाईबाट लागने रोगबाट बच्न यो झुल वितरण गरीएको अध्यक्ष चौधरीले बताउनु भयो ।
यतिवेला देशभर डेंगु संक्रमण बढेकाले सचेतना स्वरुप झुल बितरण कार्यक्रम गरिएको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताएका छन् । सो पालिकामा ५ बर्से कार्यक्रमसमेत रहेको अध्यक्ष जोशीले बताए ।

Sharing is caring!

Latest News

नेपालमा अम्बेडकरबाद बिशाल बन्दै ः जैगडी
सोमबार, बैशाख ४ २१:३१
काँडेतार चलचित्रको सेन्सर
सोमबार, बैशाख ४ २१:३१