६ माघ २०८१, आईतवार
गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखिएको
बिहीबार, जेष्ठ २५ २१:१७

गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखिएको

कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड राखिएको छ । शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले (आज)बिहिबार मुल गेटमा होर्डिङ बोर्ड राखेको हो ।

बोर्ड राख्नु अघि संघर्ष समिति लगायत स्थानियले अत्तरियादेखि गेटा सम्म बाजागाजासहित र्याली निकालेका थिए । संघर्ष समितिले आफ्नोे कार्यक्रम अन्तर्गत आज गोदावरी नगर क्षेत्र बन्दको घोषणा गरेको थियो भने अत्तरिया बजार पनि बन्द गरिएको थियो ।

निर्माणाधिन प्रस्तावित गेटा मेडिकल कलेजलाई सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सोही अनुसार जेठ ५ गतेको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा शहिद दशरथचन्द स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएको थियो ।

बजेटमा प्रतिष्ठान बनाएर १ सय बेडको अस्पताल संचालन गर्ने भनिएपछि संघर्ष समितिले बिरोध स्वरुप शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको होर्डिङ बोर्ड राखेको हो ।

संघर्ष समितिले मन्त्रिपरिषदको निर्णय अनुसार गेटामा स्वास्थ्य विश्वविद्यालय स्थापना गरेर ६ सय शैय्याको अस्पताल संचालन गर्नुपर्ने माग गर्दै आइरहेको छ भने समितिले बिभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

Sharing is caring!

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक
बिहीबार, जेष्ठ २५ २१:१७
सुपक राष्ट्रिय सम्मान २०८०हुदै
बिहीबार, जेष्ठ २५ २१:१७