१७ बैशाख २०८३, बिहीबार
‘भिखारी’ युट्युबको म्युजिक तर्फ ट्रेन्डिङमा एक नम्बरमा (भिडियो सहित )
शुक्रबार, असार ८ २१:३२

‘भिखारी’ युट्युबको म्युजिक तर्फ ट्रेन्डिङमा एक नम्बरमा (भिडियो सहित )

गायक ओसिस थापाको ‘भिखारी’ १२ दिनअघि सार्वजनिक भएको हो ।माया प्रेममा आधारित नयाँ गीत ‘भिखारी’ युट्युबको म्युजिकतर्फ ट्रेन्डिङमा एक नम्बरमा आएको छ । 

बिहीबार साँझसम्म गीत १३ लाख ३० हजार पटकभन्दा बढी हेरिसकिएको छ । गीतको रचना ओसिस थापा स्वयंले गरेका हुन् । गीतको भिडियोमा मध्यमवर्गीय युवायुवतीको मौन प्रेम देखाइएको छ ।

आकाश नेपाली र सरिता कठायतको अभिनय रहेको भिडियो स्वर्णिमा श्रेष्ठको निर्देशनमा तयार भएको हो । भिडियोको छायांकन तथा सम्पादन रिसब श्रेष्ठले गरेका हुन् । गीतको क्रिएटिभ डिरेक्टर गौरव तामाङ हुन् । ओसिका ‘जुनीभरिलाई’, ‘अपरिचित भावनामा’ लगायत गीत चर्चित छन् । ती गीतले युट्युबमा करोडभन्दा बढी भ्युज पाएका छन् ।

Sharing is caring!

Latest News

सागर जोशीको स्वरमा ‘बाडुल्की’ गीत सार्वजनिक ( भिडियो सहित )
शुक्रबार, असार ८ २१:३२
डोटी पुर्विचौकी गाउँपालिकाले ल्यायो ४३ करोड १२ लाख ५० हजार बजेट
शुक्रबार, असार ८ २१:३२