१२ बैशाख २०८२, शुक्रबार
डोटी  पुर्विचौकी गाउँपालिकाले ल्यायो  ४३ करोड १२ लाख ५० हजार बजेट
आईतवार, असार १० २२:५८

डोटी पुर्विचौकी गाउँपालिकाले ल्यायो ४३ करोड १२ लाख ५० हजार बजेट

तिर्थ नेपाली ,डोटी जिल्लाको पुर्विचौकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४३ करोड १२ लाख ५० हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १३ औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।सिपमुलक कार्यक्रमलाई प्राथमिकता दिँदै।

प्रस्तुत गरिएको बजेटमा सशर्त अनुदान सङ्घीय सरकार २३ करोड ३१ लख, वित्तीय समानिकरण अनुदान सङ्घीय सरकार ८ करोड ७९ लाख, वित्तीय समानिकरण अनुदान प्रदेश सरकार ७१ लाख १४ हजार, राजश्व बाडँफाड सङ्घीय सरकार ९ करोड ८५ लाख ५ हजार, राजश्व बाडँफाड प्रदेश सरकार २२ लाख ८१ हजार, विशेष अनुदान प्रदेश सरकार ८० लाख, समपूरक अनुदान प्रदेश सरकार २० लाख अनुमान गरिएको छ ।

जस अनुसार गुणस्तरीय पुर्वाधार निर्माण रोजगार अभिवृद्धि, समावेशी आर्थिक वृद्धि तथा गरिबी निवारण , गुणस्तरीय,सहज स्वस्थ र सन्तुलित वातावरण र जवाफदेही सार्वजनिक सेवाको अनुभुति तथा सामाजिक आर्थिक रुपान्तरण गदै लैजाने उदेश्य रहेको छ।

गाउँपालिका अध्यक्ष उपाध्यायले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक विकास (कृषि तथा पशु, पर्यटन, संस्कृति उद्योग, सहकारी र वित्तीय विकास), सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलाई प्राथमिकताका साथ समेटिएको छ ।

Sharing is caring!

‘भिखारी’ युट्युबको म्युजिक तर्फ ट्रेन्डिङमा एक नम्बरमा (भिडियो सहित )
आईतवार, असार १० २२:५८
पुर्विचौकीका २१ जना एच. आई.भि. संक्रमितलाई बाख्रा वितरण ।।
आईतवार, असार १० २२:५८