१५ जेष्ठ २०८१, मंगलवार
पुर्विचौकीका २१ जना एच. आई.भि. संक्रमितलाई बाख्रा वितरण ।।
बुधबार, असार १३ २०:१५

पुर्विचौकीका २१ जना एच. आई.भि. संक्रमितलाई बाख्रा वितरण ।।

राज पार्की, अषाढ १३ डोटी: डोटीको पुर्विचौकी गाउपालिकाका २१ जना एच आइ भि संक्रमितहरुलाई बाख्रा वितरण गरिएको छ । बुधबार रानीढुङ्गा लालीगुराँस एकता समाज पूर्वीचौंकी गाउँपालिकाको आयोजना र पूर्वीचौंकी गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको हो ।

पूर्वीचौकी गाउपालिका भरि १ देखि ७ वडा का अति विपन्न एच आई भि संक्रमितहरुलाई प्रत्येक वडामा ३ जनाका दरले बाख्रा सहयोग गरेको हो । एच. आई.भी. संक्रमितहरुको हकहित तथा अधिकारको रक्षा गर्दै भेदभाव तथा हेला रहित वातावरणको श्रृजना गर्नुका साथै उपेक्षित वर्गहरुको सामाजिक परिवर्तन गर्ने उद्देश्यले बाख्रा वितरण गरेको रानीढुङ्गा लालीगुराँस एकता समाज पूर्वीचौंकी गाउँपालिकाका सचीव त्रिलोक विक्रम ठकुल्लाले बताउनु भयो ।

आफ्नो समुदाय र स्थानीय तहबाट आज सम्म कुनै पनि क्षेत्रबाट सहयोग नपाएको तर रानीढुङ्गा लालीगुराँस एकता समाज पूर्वीचौंकी गाउँपालिकाले बाख्रा दिएकोमा आफुहरु खुसी भएको बाख्रा पाउने संक्रमितहरुको भनाइ रहेको छ । अब बाख्रालाई राम्रोसँग लालनपालन गरेर केही न केही गरेर व्यवसायीक रुपमा लाग्ने उनीहरुले बताएका छन ।

जिल्लामा सबै भन्दा बढी संक्रमित पुर्विचौकी गाउपालिकामा १७८ जना भएका कारण अझै पालिकाले संक्रमितको हकहितको लागि सहयोग गरि दिन आग्रह गरेका छन । बाख्रा वितरण कार्यक्रममा पुर्विचौकी गाउपालिका वडा नं ७ का वडा अध्यक्ष प्रेम बहादुर खड्का, रानीढुङ्गा लालीगुराँस एकता समाज पूर्वीचौंकी गाउँपालिकाका कार्यसमितिका प्रतिनिधिहरु, स्थानीय लगाएत पत्रकारको उपस्थिति रहेको थियो ।

Sharing is caring!

डोटी पुर्विचौकी गाउँपालिकाले ल्यायो ४३ करोड १२ लाख ५० हजार बजेट
बुधबार, असार १३ २०:१५
निश्चल र एलिजा जोडी बाँधेर समुद्रले नयाँ फिल्म बनाउने
बुधबार, असार १३ २०:१५
shares