धनगढी लेडिज जेसिजको अध्यक्षमा बिष्ट निरौला
धनगढी लेडिज जेसिजले एक कार्यक्रमको आयोजना गर्दै २०२३की अध्यक्ष सरिता साँउदले २०२४की अध्यक्ष सुशिला बिष्ट निरौलालाई माला पहिराउदै पद हस्तान्तरण गरिएको छ ।
निर्बतमान अध्यक्ष साउंदले हालकी अध्यक्ष पदमा निर्बाचित भएकी अध्यक्ष निरौलालाई सफथ ग्रहण गराएकी थिईन् । यस्तै नव निर्बाचित अध्यक्षले पनि अन्य पदमा रहेका जेसीहरुलाई सफत ग्रहण गराएकी थिईन् ।
धनगढी लेडिज जेसिज २०२४का लागि अध्यक्ष सुशीला निरौला, निबर्तमान अध्यक्ष सरिता साउद, कार्यकारिणी उपाध्यक्ष जयन्ती पाण्डेय, कार्यकारिणी उपाध्यक्ष स्मृति झा, कानुनी सललाहकार सरस्वती खड्का भट्ट, महासचिव नीता चौधरी, कोषाध्यक्ष शोभा गुरुङ भट्ट, उपाध्यक्ष मिना तरणी भट्ट, उपाध्यक्ष सुशीला चौधरी, उपाध्यक्ष कञ्चन खडायत, उपाध्यक्ष अस्मी धामी र तालिम संयोजक मिना राना चयन भएका हुन् । बोर्ड सदस्यहरु रुबिना चौधरी, विष्णु चौधरी, पार्वती राना, एलिजा मगर, स्मृति तिवारी र मञ्जु चन्द चयन भएका छन् ।
धनगढी लेडी जेसिजको १० औं पद हस्तान्तरण तथा पुरस्कार समारोहमा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य रक्षा महराले रहेकी थिईन् । सामाजिक संस्थाको रुपमा स्थापित यो संस्थालाई आफ्नो क्षमताले भ्याए सम्म कृयाशिल रहने र आफुले संस्था, जनसेवामा आफ्नो कार्यकाल व्यतित गर्ने बर्ष २०२४ की अध्यक्ष सेजी शुशिला निरौलाले बताईन् ।
दश बर्षदेखी धनगढी लेडी जेसिजले नागरिकहरुको व्यक्तित्व र नेतृत्वलाई जागरुक गर्ने काम गरिरहेको छ । राज्य तथा सरकारको ध्यान नजान सकेका क्षेत्रमा काम गरिरहेको छ । एक बर्षे कार्यकाल निष्पक्ष र जनसेवामा लगाएर हाल पदहस्तान्त्रण गर्दा यो संस्थाले दक्ष जनसक्ति प्रदान गर्न मदल मिलेको बर्ष २०२३ की अध्यक्ष जेसी सरिता साउंदले बताएकी छन् ।
धनगढी लेडी जेसिज २०२२ की अध्यक्ष सरस्वती खड्का भट्टले धनगढीमा महिलाको बृद्धी बिकास र नेतृत्वदाई भुमिकाका लागि यो संस्थाले महत्वपुर्ण भुमिका खेलेको बताएकी छन्
कार्यक्रमकी प्रमुख अतिथी माननीय रक्षा महराले महिलाहरुको हकमा काम गर्ने संस्था भएकाले गर्दा यसले थप प्रभावकारी काम गर्ने र उनीहरुलाई सही हक अधिकार पाउन प्रोहत्सान गर्ने बताईन् । कार्यक्रममा प्रदेशसभा सदस्य सुरत रावत, महिला संघ जिल्ला अध्यक्ष पुष्पा भट्ट जोशी, प्रदेशसभा सदस्य लक्ष्मी भण्डारीको बिशिष्ठ आतिथ्यता रहेको थियो । यस्तै बिभिन्न निकायका व्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।
धनगढी लेडी जेसिजको १०औं पद हस्तान्तरण तथा पुरस्कार समारोह जेसी स्मृती झा को संयोजकत्वमा भएको हो भने जेसी बर्ष २०२३ की अध्यक्ष सरिता साउंदको अध्यक्षतामा गरिएको हो ।
