१२ बैशाख २०८२, शुक्रबार
सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको अध्यक्षमा उपाध्याय
बिहीबार, फाल्गुन २४ १९:२०

सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको अध्यक्षमा उपाध्याय

सूचना मागौँ, भ्रष्टाचारको अन्त्य गरौं” भन्ने नाराका साथ सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। प्रत्रकार दिपक उपाध्यायको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति बनेको छ।

कार्यसमितिको अध्यक्षमा दिपक उपाध्याय उपाध्यक्षमा विजया राना ,महिला उपाध्यक्षमा सरिता कठायत ,सचिवमा प्रिन्सीका सिंह, कोषाध्यक्षमा कमला तिमिल्सिना र सदस्यमा लवदेव धामी, बिरेन्द्र सिंह, देवराज अवस्थी , बिष्णु कुमारी बुढा, कामदेव ओझा, सुरेश भूल , निर्मला बिक चयन भएका छन्।

कैलाली जिल्लाको दोस्रो अधिवेशनमा आरटिआईका राष्ट्रिय अध्यक्ष उमिद बागचन्द, राष्ट्रिय सदस्य श्रवण देउवा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज जोशी, लगायत प्रदेश कमिटीका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।

Sharing is caring!

शिवरात्रीको अवसरमा नन्दीको टिजर सार्वजनिक हुँदै
बिहीबार, फाल्गुन २४ १९:२०
भवनबाट पालिकाले प्रदान गर्ने सुबिधा सरल, सहज र गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने :मुख्य मन्त्री शाह
बिहीबार, फाल्गुन २४ १९:२०