७ बैशाख २०८३, सोमबार
चक्र बमको मौलिक गीत“कति राम्रो होली फागुनमा ´´ सार्वजनिक (भिडियो सहित)
बुधबार, चैत्र ७ ०७:३६

चक्र बमको मौलिक गीत“कति राम्रो होली फागुनमा ´´ सार्वजनिक (भिडियो सहित)

हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर मौलिक ‘कति राम्रो होली फागुनमा’ गीत चक्र बम युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। कैलालीको धनगढी रानाथारु बस्तीमा खिचिएको गीतमा संस्कृतिका पोशाक बाजा गाजा लगायतको भरपुर प्रयोग गरिएको छ। वर्षौंदेखि पहाड र तराईमा गाइने भाकामा यसबेला चक्रबमले होलीको गीत सार्वजनिक गरेका हुन्।


उक्त गीतमा चक्र बम र लक्ष्मी रानाको स्वर रहेको छ। आवाजमा पविन्द्र सुनार, जेपी रेग्मी, शेर विष्ट, कुलेन्द्र परियार र ह्यारी कार्कीले पनि साथ दिएका छन्। गीतलाई केशव बडूले एरेन्जर गरेका छन् भने पुस्कर खत्रीले मिक्सिङ तथा टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। भिडिओमा चक्र बमले नै मुख्य अभिनय गरेका छन्।


सुदूरपश्चिमको संस्कृतिसँगै रानाथारु समुदायको परम्परागत रूपमा मनाउने होलीको बर्णन पनि छ। देशको रोजगारीको अवस्थालाई पनि गीतमा समेटिएको छ। आगनमै रोजगारी आए हुन्थ्यो भन्ने भाव गीतमा प्रस्तुत गरिएको छ। भिडिओमा पनि धेरै तयारस् नगरी मौलिक बस्तु झल्किने गरी ठेट शैलीलाई प्रस्तुत गर्न खोजेको गायक बमले बताए।

कति राम्रो होली फागुनमा

Sharing is caring!

Latest News

नगर प्रमुख हमाललाई धम्की दिने रानाले उपमहानगरपालिकामा गरे विष सेवन
बुधबार, चैत्र ७ ०७:३६
बलिदानमा शीर्ष भूमिकामा समीर भट्ट अनुबन्धित
बुधबार, चैत्र ७ ०७:३६