१५ जेष्ठ २०८१, मंगलवार
नगर प्रमुख हमाललाई धम्की दिने रानाले उपमहानगरपालिकामा गरे विष सेवन
मंगलवार, चैत्र ६ १३:१५

नगर प्रमुख हमाललाई धम्की दिने रानाले उपमहानगरपालिकामा गरे विष सेवन

धनगढीका उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई धम्की दिने व्यक्ति अचेत अवस्थामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।
धनगढी नगर प्रमुखसँग छलफल गर्न भनी घरबाट उपमहानगरपालिका पुगेका व्यक्ति गणेश रानालाई अचेत अवस्थामा अस्पताल भर्ना गरिएको हो।
रानालाई छलफलका लागि बोलाउन नगर प्रहरी सादा पोसाकमा घरमा गएका थिए। उपमहानगर पुग्दासम्म स्वस्थ रहेका उनी उपमहानगरकै नगर प्रहरीले अस्पताल भर्ना गराए।रानाका बुबा रामलालले भने घरबाट निस्कँदा केही समस्या नरहेको तर उपमहानगरमा लगिएपछि केही मिसावटका वस्तु सेवन गराइएको आरोप लगाएका छन्। रानाले विष सेवन गरेको अस्पतालको भनाइ छ। उनको अहिले उपचार भइरहेको छ।नगर प्रहरीले छलफलका लागि बोलाएर मार्ने प्रयास गरेको रानाका बुबा रामलालको आरोप छ। बाइट
प्रहरीले भने यो विषयमा अहिले छलफल अघि बढाएको छैन।आइतबार राति ह्वाट्सएपमा कल गर्दै रानाले नगर प्रमुख हमाललाई खबरदारी गर्दै धम्क्याएका थिए। राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत् सुरक्षा व्यवस्था गर्न निवेदन दिएका थिए।

Sharing is caring!

गायिका भट्टराईले जन्मदिनमा ल्याइन “आमा”
मंगलवार, चैत्र ६ १३:१५
चक्र बमको मौलिक गीत“कति राम्रो होली फागुनमा ´´ सार्वजनिक (भिडियो सहित)
मंगलवार, चैत्र ६ १३:१५
shares