नेपाल यातायात मजदुर संघ कैलालीको आयोजनामा ३दिने निःशुल्क दन्त शिविर हुदै
धनगढी ३०, नेपाल यातायात मजदुर संघ कैलालीको आयोजनामा यातायात क्षेत्रमा कार्यरत यातायात व्यवसायीकर्मीहरूका लागि निःशुल्क दन्त स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन हुने भएको हो । असोज १ गतेदेखि ३ गतेसम्मका लागि यातायात व्यवसायका लागि दन्त शिविर आयोजना गरिने भएको हो । धनगढीमा रहेका ,अटो इ- रिक्सा लगायतका चालकहरूलाई निःशुल्क दन्त लाभ लिन संघले अनुरोध गरेको छ। श्रीनगर डेन्टल क्लिनिकको एक्काइसौँ वार्षिक उत्सव कार्यक्रमको अवसर पारेर तीन दिन सम्म दन्त शिविर गर्ने भएको हो। क्लिनिकले दन्तका समस्या भएका यातायात व्यवसाय मजदुर लगायतलाई दन्त एक्सरे चेक जाँच दाँत निकाल्ने दाँत भर्ने दाँतको सफाई जस्ता सेवाहरू प्रदान गरिने यातायात मजदुर सङ्घका जिल्ला अध्यक्ष जङ्ग श्रीमालले बताइए ।
दाँतसम्बन्धी मजदुरहरूको व्यस्ततालाई बुझेर आफूहरूले दन्त सेवा बसपार्कमै उपलब्ध गराउने अध्यक्ष श्रीमालले बताए। दन्त स्वास्थ्य निःशुल्क सेवा प्रदान गरिने जनाएको छ। यातायात मजदुरको हक हितको लागि कार्य गर्ने उक्त संस्थाले निरन्तर रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ |