मंगलवार, आश्विन १ १७:२७
वरिष्ठ कलाकार दलबहादुर बोगटी दुर्घटनामा
धनगढी – देउडा प्रतिष्ठान धनगढीका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटी गए राति दुर्घटनामा परेर घाइते भएका छन् । गए राति साइकलमा हिडिरहेका उनलाई धनगढी उपमहानगरपालिका – ६ जालीमा हाइसले ठक्कर दिँदा घाइते भएका थिए ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनेको धनगढी स्थित माया मेट्रो हस्पिटल उपचार भइरहेको छ । उनी हालसम्म अचेत अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
ठक्कर दिने सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १५२८ नम्बरको हाईस र चालक नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैबिच मङ्गलवार माया मेट्रो अस्पतालको आइसियुमा उपचाररत बोगटीको अवस्था बुझ्न सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशी र अन्य कलाकार एवम् आफन्तहरू अस्पताल पुगेका थिए । बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक सर्ई पनि हुन ।