६ माघ २०८१, आईतवार
वरिष्ठ कलाकार दल बहादुर बोगटीको निधन
बिहीबार, आश्विन ३ १५:३५

वरिष्ठ कलाकार दल बहादुर बोगटीको निधन

 

धनगढी ।  दुर्घटनामा परेर घाइते भएका देउडा प्रतिष्ठान धनगढीका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीको उपचारको क्रममा निधन भएको छ।  

भदौ ३१ गते राति हाइसले ठक्करबाट घाइते भएका बोगटीको आज दिउँसो १ बजे धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गत ३१ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हाइसले ठक्कर दिँदा उनी घाइते भएका थिए।

उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बोगटीलाई उपचारको लागि माया मेट्रो अस्पताल पुर्याएको र आज दिउँसो १ बजे उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

अहिले ठक्कर दिने हाइसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक (सई) पनि हुन् ।

Sharing is caring!

वरिष्ठ कलाकार दलबहादुर बोगटी दुर्घटनामा
बिहीबार, आश्विन ३ १५:३५
यातायात मजदुर संघ कैलालीले मनायो संविधान दिवस
बिहीबार, आश्विन ३ १५:३५