६ माघ २०८१, आईतवार
यातायात मजदुर संघ कैलालीले मनायो संविधान दिवस
बिहीबार, आश्विन ३ २०:२९

यातायात मजदुर संघ कैलालीले मनायो संविधान दिवस

धनगढी ‘ सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । ‘यसै क्रममा आज नेपाल यातायात मजदुर संघ कैलालीले पनि धनगढीको बसपार्कमा संविधान दिवस दिप प्रज्लन गरी मनाएको हो। लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको प्रदेश अध्यक्ष रविन्द्र खड्काले नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताए  ।
त्यस्तै कार्यक्रम समापन गर्दै यातायात मजदुर संघ कैलालीका अध्यक्ष जङ्ग श्रीमालले श्रमिकहरूको हकहित गिरिजाप्रसाद कोइरालाबाट सुरुवात भएको उनले बताए।
हुनाले यातायात मजदुरहरूका लागि आफूले कुनै पनि पहलकदमीमा पछि नहट्ने बताए संविधान दिवसको अवसरमा यातायात व्यवसायी , मजदुर लगायतले दीप प्रज्वलन गरी संविधान दिवस मनाएका हुन्।

नेपाल यातायात मजदुर संघका प्रदेश सचिव गोविन्द बहादुर शाहले कार्यक्रम सञ्चालन गरेका थिए।
पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

Sharing is caring!

वरिष्ठ कलाकार दल बहादुर बोगटीको निधन
बिहीबार, आश्विन ३ २०:२९
इभी माइक्रो हाइस इकाई कमिटीमा जोशी
बिहीबार, आश्विन ३ २०:२९