६ माघ २०८१, आईतवार
एक्सन स्टार बिराज भट्ट र नायक समीर भट्ट धनगढी एसटिएस सिनेमा हलमा आउने
मंगलवार, कार्तिक ६ २२:०१

एक्सन स्टार बिराज भट्ट र नायक समीर भट्ट धनगढी एसटिएस सिनेमा हलमा आउने

धनगढी:एक्सन स्टार बिराज भट्टको निर्देशन तथा अभिनय रहेको फिल्म ‘१२ गाउँ’का लागी नायक भट्ट र उनका छोरा तथा नायक समीर भट्ट धनगढी एसटिएस सिनेमा हलमा आउने भएका छन् ।१२ गाउं फिल्म मार्फत नेपाली फिल्म इन्डस्ट्रीमा सानदार कमब्याक गरेका विराज भटृ र उनका छोरा समिर भट बिहिवार कार्तिक८गते धनगढी आउने भएका हुन । १२ गाउँ फिल्म रिलिजको दोस्रो हप्ता आफू र टिमलाई माया गर्ने दर्शकलाई भेट्न धनगढी आउन लागेको भट्ट ले बताएका छन ।

सामाजिक संजाल फेसबुकमा उनले आफनो जन्मथलो धनगढीका दर्शकलाई १२ गाउँ फिल्मलाई माया र सर्पोट गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् त्यस्तै फिल्म रिलिजको पहिलो हप्ता दर्शकलाई भेट्न विभिन्न फिल्म हलमा पुगेका भट्ट ले फिल्म रिलिजको दोस्रो हप्तासम्म पनि दर्शकमा त्यही उत्साह पाएको बताएका छन ।१२ गाउँ । सामाजिक यथार्थलाई फिक्सनसँग जोडेर एक्सन जनरामा बनाइएको यो फिल्मले यतिबेला पैसा छापिरहेको छ ।घरेलु फिल्ममा एक्सन जनराका फिल्मको रिक्तता महसुस गरेका दर्शकले धेरैपछि नेपाली स्वादमा एक्सन हेर्न पाएका छन् ।

Sharing is caring!

रंग पत्रकार सापकोटा सिनेमा ‘चिलगाडी’ निर्माणको तयारीमा
मंगलवार, कार्तिक ६ २२:०१
‘ह्रस्व-दीर्घ’ को कात्तिक २१ गते ट्रेलर सार्वजनिक हुने।
मंगलवार, कार्तिक ६ २२:०१