६ माघ २०८१, आईतवार
‘ह्रस्व-दीर्घ’ को कात्तिक २१ गते ट्रेलर सार्वजनिक हुने।
सोमबार, कार्तिक १९ १५:५२

‘ह्रस्व-दीर्घ’ को कात्तिक २१ गते ट्रेलर सार्वजनिक हुने।

धनगढी । सुदूरपश्चिम जन्मथलो रहेका निर्देशक चन्द्र पन्तको निर्देशन रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गते प्रदर्शन हुने भएको छ। कार्तिक २१ गते ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक हुने निर्देशक पन्तले बताए। तिहारका बेला जन्मभूमि सुदूरपश्चिम महेन्द्रनगर आएका बेला उनले धनगढीमा रहेका पत्रकारसँग अन्तरक्रिया गर्दै २१ गते टिजर आउने बताए। टिजरले सबै दर्शकहरूको मन छुने समेत उनले बताए।
सोमबार धनगढीमा निर्देशक पन्तले पत्रकार सम्मेलनको अयोजना गर्दै नेपाल र भारतका लोकप्रिय कलाकारहरुले अभिनय गरेको फरक कथावस्तुका साथ चलचित्र ह्रस्व दीर्घ प्रर्दशनमा आउन लागेको बताए ।
ज्योतिष हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको चलचित्र नेपाल र भारत लगायत विभिन्न देशमा नेपाली,हिन्दी र अन्य भाषामा पनि प्रदर्शन हुने निर्देशक पन्तले जानकारी गराएका हुन् ।
अभिनेता तथा नेपाली चलचित्र इतिहासमै फरक कथावस्तु समेटेर तयार गरिएको चलचित्रले नेपाली समाजको वास्तविकता झल्काउने निर्देशक पन्तको भनाई छ ।

अभिनेत्री विपना थापा पनि लामो समयपछि यही फिल्ममार्फत् फेरि देखिँदैछन् । चन्द्र पन्तको निर्देशन रहेको यस चलचित्रमा हरिहर र नीतासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ । विश्वकै ठूलो मनिएको भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा चलचित्रको छयाङ्कन गरिएको छ ।
अभिनेता हरिरहरद्वारा लिखित कथामा आधारित यो फिल्ममा बलिउड छायाँकार कवीरलालको छायांकन, मित्र डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ । यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्देशक पन्तले थुर्पै नेपाली चलचित्र सहित दर्जनौं भोजपुरी चलचित्रहरु निर्देशन गरिसकेका छन् ।

Sharing is caring!

एक्सन स्टार बिराज भट्ट र नायक समीर भट्ट धनगढी एसटिएस सिनेमा हलमा आउने
सोमबार, कार्तिक १९ १५:५२
सुदुरपश्चिम महोत्सवको १८ औँ संस्करण मंसिर २२ गतेदेखी शुरु
सोमबार, कार्तिक १९ १५:५२