६ माघ २०८१, आईतवार
सुदुरपश्चिम महोत्सवको १८ औँ संस्करण मंसिर २२ गतेदेखी शुरु
मंगलवार, मंसिर ११ १९:३२

सुदुरपश्चिम महोत्सवको १८ औँ संस्करण मंसिर २२ गतेदेखी शुरु

धनगढी: सुदुरपश्चिम महोत्सवको १८ औँ संस्करण मंसिर २२ गतेदेखी शुरु हुन लागेको छ । आगामी मंसिर २२ गतेदेखी पुस २ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजक कैलाली उधोग बाणिज्य सघंले जनाएको छ । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको महोत्सव धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने छ ।
व्यवसायिक कृषि प्रर्दशनी, उद्योग व्यापारको प्रवद्र्धन तथा कला, संस्कृतिको संरक्षण एवंम् प्रवद्र्धनका लागि स्टल रहने अध्यक्ष कुँवरले बताए । उनका अनुसार महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधिका स्टल रहने छन्।
महोत्सवको तयारी तिव्र पारिएको कैलाली उधोग बाणिज्य सघंका अधयक्ष पुस्पराज कुवँरले बताए । महोत्सवको तयारीका लागि अध्यक्ष कुँवरको संयोजकत्वमा बिभिन्न उपसमिति बनाइएको छ । ७० प्रतिशत महोत्सवको तयारी सकिएको उनले बताए ।
वाणिज्य संघका महासचिव ओम बिष्टले स्थानीय उत्पादन र उद्यमशिलतालाई प्राथमिकता दिइएको महोत्सव करीब पाँच लाख जनाले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अनुमान गरिएको बताए । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई एक सय रुपैयाँ र फरक क्षमता भएका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष कुँवरले महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री केपी सर्मा ओलीलाई निमन्त्रणा गरिएको बताए । तर प्रधानमन्त्रीको चिन भ्रमणका कारण महोत्सव उद्घाटनमा आउने निश्चित नभएको उनले बताएका छन् ।

Sharing is caring!

‘ह्रस्व-दीर्घ’ को कात्तिक २१ गते ट्रेलर सार्वजनिक हुने।
मंगलवार, मंसिर ११ १९:३२
वृन्दावनका राजकमलद्वारा गडसेराका बालबलिकालाई न्यानो कपडा प्रदान धनगढी,
मंगलवार, मंसिर ११ १९:३२