६ माघ २०८१, आईतवार
वृन्दावनका राजकमलद्वारा गडसेराका बालबलिकालाई न्यानो कपडा प्रदान धनगढी,
बिहीबार, मंसिर २० १३:०६

वृन्दावनका राजकमलद्वारा गडसेराका बालबलिकालाई न्यानो कपडा प्रदान धनगढी,

डोटीको जोरायल गाउँपालिका–५, मनोहर बजार गडसेरा घर भई हाल भारतको वृन्दावनमा बस्दै आएका ढुण्डीराज ओझा ‘राजकमल’ ले आफ्नो जन्मभूमिका बालबालिकालाई जाडोमा न्यानो कपडा वितरण गरेका छन् । आफूले बाल्यकालमा अध्ययन गरेको मनोहर बजारस्थित नवज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उनले न्यायो कपडा वितरण गरेका हुन् । विद्यालयमा कक्षा शिशुदेखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकालाई उनले जाडोमा लगाउने ज्याकेट तथा ट्राउजर वितरण गरेका हुन् । 
आफूले बाल्यकालमा गाउँले जीवनको पीडा सहँदै सोही विद्यालयमा अध्ययन गरेको बताउँदै राजकमलले भने,‘सोही गाउँको स्कुलमा मैले पढ्दा पनि न्यायो कपडा, स्टेशनरीको अभाव झेलेको थिएँ, अहिले मसँग पर्याप्त लगाउन र खान पुग्ने भएकाले केही रकम जोहो गरेर हरेक वर्ष यहाँका बालबालिकालाई केही न केही सहयोग गर्दै आएको छु ।’ भगवान् श्रीकृष्णको जन्मभूमि वृन्दावनमा बस्दै आएका राजकमलले विगत १४ वर्षदेखि निरन्तररुपमा हरेक वर्ष नवज्योति आधारभूत विद्यालयका बालबालिकालाई शिक्षा सामग्री, जुत्ता चप्पल, स्कुल झोला तथा न्यानो कपडाहरु निःशुल्क वितरण गर्दै आएका छन् ।
जन्मभूमिप्रति आफूले गर्नुपर्ने कर्तव्य भएका कारण हरेक वर्ष यहाँका विद्यार्थीहरुलाई सक्दो सहयोग गर्दै आएको पनि उनले बताए । ओझाले हरेक वर्ष मंसिरमा यहाँ अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री, झोला, जुत्ता चप्पल तथा न्यायो कपडाहरु सहयोग गर्दै आएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्ट बताउँछन् ।

Sharing is caring!

सुदुरपश्चिम महोत्सवको १८ औँ संस्करण मंसिर २२ गतेदेखी शुरु
बिहीबार, मंसिर २० १३:०६
दृश्यमा सुदूरपश्चिम सार्वजनिक
बिहीबार, मंसिर २० १३:०६