दृश्यमा सुदूरपश्चिम सार्वजनिक
सुदूरपश्चिम प्रदेशको धनगढीमा एक भव्य कार्यक्रमका बिच एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा सुदूरपश्चिम बिमोचन कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री मा.कमल बहादुर शाहीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एभरेष्ट ग्यालरी टिमले सुदूरपश्चिम प्रदेशका कैलारी गाउँपालिका तथा डोटी जोरायल गाउँ पालिका क्षेत्रमा छायांकन गरिएको दुई वटा म्युजिकहरु सार्वजनिक गरिएको थियो । सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि एन जोशीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा समृद्ध सुदूरपश्चिमका लागि – कला, संस्कृती र पर्यटनका विषयमा बक्ताहरुले आआफ्नो धारणाहरु राख्नु भएको थियो । उपस्थित सम्पुर्णले एभरेष्ट ग्यालरीले थालेको यो नविनतम अभियानलाई ऎकिवद्द्ता जनाउदै कार्यक्रमलाई निरन्तरता दिन जोड दिनु भएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको मुख्य प्रवर्द्धन साथै कैलाली उधोग बाणिज्य संघ कैलालीले प्रवर्द्धन तथा जोरायल गाउँ पालिका डोटीको विशेष सहयोगमा संचालित कार्यक्रममा प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, सामाजिक विकास मन्त्री मेघराज खड्का ,आन्तरिक मामिला मन्त्री हिरा सार्की तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी , प्रदेश सभा सदस्य मा.शिव सि ओली, जोरायल गाउँ पालिका अध्यक्ष दुर्गा ओझा , कैलारी गाउँ पालिका अध्यक्ष राजसमझ चौधरी , विभिन्न सुरक्षा निकाय प्रतिनिधिहरु, सहायक प्रमुख जिल्ला अधिकारी लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वहरुको विशेष उपस्थिती रहेको थियो ।
सुदुर पश्चिम निवासी लोकप्रिय कलाकार / मोडल तथा कार्यक्रम संयोजक सनम कठायतले एभरेष्ट ग्यालरीले थालनी गरेको सानो प्रयासलाई राष्ट्रिय अभियानको रूपमा स्थापना गर्न सहयोग गरिदिनुभएकोमा सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै आफुलाइ अझै हौसला बढेको जानकारी दिए । साथै यसै वर्षबाट एभरेष्ट ग्यालरीले मुख्य मन्त्रीबाट प्रत्येक बर्ष एभरेष्ट प्रादेशिक सम्मान घोषण गर्दै सुदूरपश्चिम प्रदेशमा सकृय रहि पेशागत योगदान पुर्याउनु सफल केही व्यक्तित्वहरुलाइ एभरेष्ट प्रादेशिक सम्मान प्रदान गरिएको छ । यो बर्ष एभरेष्ट साहित्य सम्मानबाट निर्मल कुमार भण्डारी , एभरेष्ट पर्यटन प्रवर्द्धन सम्मान खप्तड छान्ना गाउँ पालिका अध्यक्ष उत्तम रोकाया, एभरेष्ट देउडा रत्न सम्मान गायक भुवन प्रसाद दाहाल, एभरेष्ट पर्यटन सम्वर्धन सम्मान मायाप्रकाश भट्ट ,पत्रकारिता सम्मान चित्राङ थापा ,युवा समाजसेवी/ उद्द्मी सम्मान किरण मल्ल, शिक्षा तथा समाजसेवी सम्मान योगेन्द्र हमाल, कृषि उद्द्मी सम्मान खड्क मल्ल साथै युवा पर्यटन प्रचारप्रसार सम्मानबाट भरत विक्रम शाह सम्मानित भएका छन । उक्त कार्यक्रमको उद्द्घोषण केपी कलौनीले गरेका थिए।
सुदूरपश्चिम प्रदेशको समसामयिक कथालाई अत्यन्तै सुन्दर तरिकाले प्रस्तुत गरिएको “भुल्नै गाह्राे भो” म्युजिक भिडियो एभरेष्ट ग्यालरी मार्फत सार्वजनिक भएको छ । सनम कठायत र पवित्रा शाखीको उत्कृष्ट भुमिका रहेको उक्त म्युजिक भिडियोमा गाउँ पालिका अध्यक्ष स्वयं दुर्गा ओझा लगायत धेरै जना कलाकारहरुको अभिनय रहेको छ । जोरायल गाउँ पालिका र छिमेकी राष्ट्र भारतमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा दिपक गीरीको छायांकन , अमृत चापागाईंको सम्पादन साथै जनक सिंहको निर्देशन रहेको छ । मोडल स्वयं कठायतकै कथा रहेको उक्त म्युजिक भिडियो विशाल सुनारको प्रस्तुति गरेका छन भने गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वर रहेको छ ।