२४ माघ २०८१, बिहीबार
कमेडियन हिक्मत महराको निधन
बुधबार, मंसिर २६ ०७:४८

कमेडियन हिक्मत महराको निधन

चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उत्कृष्ट ४ मा पुगेर चर्चित बनेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका हिक्मत महराको निधन भएको छ ।

मंगलबार साँझ कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा उनको निधन भएको हो । मंगलबार साँझ गोदावरी मन्दिर जाने बाटो नजिक म २ प ९११७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा हिक्मत महरा गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

‘कमेडी च्याम्पियन २’ मा हिक्मत ६ हजार प्रतियोगी सँगै डिजिटल अडिसन दिएर १ सय ८० जनामा छनोट भएका थिए । त्यसपछि उनी टप २४, १५, ११ हुँदै उत्कृष्ट चारमा पुगेका थिए । उत्कृष्ट ४ बाट भने उनी भोटको आधारमा बाहिरिएका थिए । कञ्चनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झरालीमा बिएडसम्म अध्ययन गरेका हिक्मतले विद्यार्थी हुँदै गर्दा कमेडी देखाउँदै आएका थिए । उनका कमेडी विशेष गरेर समाजका विकृति, विसङ्गति र राजनीतिक परिदृश्यका बारेमा हुने गरेका थिए ।

Sharing is caring!

Latest News

सुदूरपश्चिम महोत्सवको दोस्रो दिन ‘बबल्स अन्डर स्ट्यान्ड फिस टनेलको उद्घाटन
बुधबार, मंसिर २६ ०७:४८
सुदूरपश्चिम महोत्सवको अवधि ४ दिन थप
बुधबार, मंसिर २६ ०७:४८