१७ बैशाख २०८३, बिहीबार
स्ववियु निर्वाचनमा नेविसंघ जिताउन सुदूरपश्चिममा तरुणदलका केन्द्रीय सदस्य बमको दौड
आईतवार, चैत्र २ १९:४७

स्ववियु निर्वाचनमा नेविसंघ जिताउन सुदूरपश्चिममा तरुणदलका केन्द्रीय सदस्य बमको दौड

धनगढी चैत्र ३, नेपाल तरुण दल केन्द्रीय सदस्य तथा नेपालि काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधी दिपेन्द्र बम सुदुरपश्चिम र कैलालीका बिभिन्न क्याम्पसका नेबि संघ स्वबियु सभापतिका उम्मेदवारका टिमलाई बिजय गराउन सम्पुर्न बिधार्थीहरु लाइ हार्दिक अपिल गरेका छन्।। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघलाई जिताउन  तरुणदल केन्द्रीय सदस्य बम दौडाहमा लागेको हुन।


ने बि संघका सस्थापक सभापति पुर्ब प्रधानमन्त्री एबं काङ्ग्रेस सभापति शेर बहादुर देउबाले ‌नेतृत्व गरेको ऐतिहासिक सङ्घठन भएकोले अनिवार्य जित हासिल गरि ने बि संघको किल्लाको रुपमा स्थापित गर्नुपर्ने केन्द्रीय सदस्य बमलाई निर्देशन दिएको सदस्य बमले बताए।ने बि संघ जित पछि मात्र लोकतान्त्रिक गणतन्त्र बलियो हुने जिकिर गर्नुभयो।मिनि साङसदको रुपमा हुने स्वबियु निर्वाचन ८४ को आम चुनावको परीक्षाको रुपमा आकलन गरिने भएकाले अनिवार्य रुपमा जित हासिल गर्नुपर्ने बताए।

नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङ  सुदुरपश्चिम प्रदेशका माननिय पुर्ब मन्त्रीको प्रकाशबहादुर देउवाको निर्देशनमा आफुहरु स्वबियु निर्वाचनमा होमिएको जानकारी दिनुभयो। निर्वाचन जित्नको लागि तरुण दल भौतिक र नैतिक रुपमा लागिरहेको बताउनुभयो। उक्त कार्यक्रममा तरुण दल केन्द्रीय सदस्य बिष्णु ऐडी,लोक बहादुर खड्का रबि , जिल्ला सदस्य नरेस कुवर, नबिन रावल ,तरुण दल छेत्रीय सभापति शलेस कुबर ,नगर अध्यक्ष सम्राट साह, प्रदेश अध्यक्ष तेजु रोकाय , जिल्ला सदस्य मिलन पाण्डे लगायतका तरुण नेताको उपस्थिति रहेको थियो।

Sharing is caring!

Latest News

स्ववियु निर्वाचनमा नेविसंघ जिताउन तरुणदलको दौड
आईतवार, चैत्र २ १९:४७
स्ववियु निर्वाचनमा प्रयोग भएका पर्चा पम्पलेटहरु सरसफाई गर्यो तरुण दल
आईतवार, चैत्र २ १९:४७