१७ बैशाख २०८३, बिहीबार
स्ववियु निर्वाचनमा प्रयोग भएका पर्चा पम्पलेटहरु सरसफाई गर्यो तरुण दल
मंगलवार, चैत्र ४ १९:३३

स्ववियु निर्वाचनमा प्रयोग भएका पर्चा पम्पलेटहरु सरसफाई गर्यो तरुण दल

धनगढी– कैलालीको धनगढीस्थित एश्वर्य विद्या निकेतनमा तरुण दल क्षेत्र नम्बर ५ ले सरसफाई गरेको छ ।

स्ववियु निर्वाचनका क्रममा प्रयोग भएका पर्चा पम्पलेटहरु मैदान र सडकमा फालिएपछि सरसफाई गरेको हो । निसर्ग अस्पतालदेखि कलेजको गेटसम्म फालिएका पर्चा पम्प्लेटहरु को सरसफाई गरिएको हो।

नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रिय सभापति शैलेश कुवर र तरुण दल क्षेत्र नम्बर ५ प्रदेस ‘ख’ का सभापति तेजु रोकायको अध्यक्षतामा सरसफाई गरिएको छ ।

सो कार्यक्रममा तरुण दल केन्द्रीय सदस्य लोक बहादुर खड्का (रबि), बिष्णु ऐडि, तरुण केन्द्रीय सदस्य तथा पार्टी महाधिवेशन प्रतिनिधि दिपेन्द्र बम र तरुण दल जिल्ला सदस्यहरु, प्रदेश पधाधिकारी, नगर पधाधिकारी लगायतको सहभागिता रहेको थियो ।

Sharing is caring!

Latest News

स्ववियु निर्वाचनमा नेविसंघ जिताउन सुदूरपश्चिममा तरुणदलका केन्द्रीय सदस्य बमको दौड
मंगलवार, चैत्र ४ १९:३३
नेपाल विद्यार्थी संघले ऐश्वर्य बहुमुखी क्याम्पसमा विरासत फर्कायो
मंगलवार, चैत्र ४ १९:३३