१४ जेष्ठ २०८३, बिहीबार
नेपाल विद्यार्थी संघले ऐश्वर्य बहुमुखी क्याम्पसमा विरासत फर्कायो
बुधबार, चैत्र ५ १०:००

नेपाल विद्यार्थी संघले ऐश्वर्य बहुमुखी क्याम्पसमा विरासत फर्कायो

धनगढी, ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  विरासत फर्काएको छ । कैलालीको धनगढीमा रहेको उक्त क्याम्पसमा  झण्डै डेढ दसकपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी भएको हो ।

निर्वाचन समितिका प्रमुख खेमराज पन्तका अनुसार स्ववियु सभापतिमा नेविसंघका दीपकराज भट्ट विजयी भएका छन् । उनले ५३३ मत पाए । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका दिपेन्द्र भट्टले ४२५ मत र अखिल क्रान्तिकारीका विकास बिष्टले ४०२ मत पाए ।

यस्तै सचिवमा देवेन्द्र बोहरा ५५४ मत र कोषाध्यक्षमा सन्चिताकुमारी चौधरी ५६९ मत पाएर विजयी भएका छन् । उनीहरु दुबै पनि नेविसंघ नेतृत्वकै प्यानलका हुन् । दुई हजार एक सय विद्यार्थी रहेको उक्त क्याम्पसमा मंगलबार भएकाे मतदानमा एक हजार ४०३ मत खसेेकाे थियाे । ऐश्वर्यमा यसअघि तीन पटक स्ववियु निर्वाचन भएको छ ।

डेढ दसकअघि भएको स्ववियु निर्वाचनमा नेविसंघकै राजेन्द्र भट्ट सभापति निर्वाचित भएका थिए । दोस्रोपटक भएको स्ववियु निर्वाचनमा सभापतिमा राप्रपा निकट विद्यार्थी संघका कमल बम विजयी भए । सभापतिबाहेक सबै पदमा भने नेविसंघ विजयी भएको थियो ।

तेस्रोपटक ०७९ मा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी भएको थियो । अनेरास्ववियुका कुबेर खड्का सभापतिमा विजयी भएका थिए । डेढ दसकपछि ऐश्वर्य जित भएपछि नेविसंघ कैलालीका अध्यक्ष मनिश कुँवरले ऐतिहासिक जित भएको बताएका छन् । 

Sharing is caring!

Latest News

स्ववियु निर्वाचनमा प्रयोग भएका पर्चा पम्पलेटहरु सरसफाई गर्यो तरुण दल
बुधबार, चैत्र ५ १०:००
जातीय विभेद दलित समुदायभित्र मात्र नभई अन्य जातिभित्र पनि विभेद कायम : राज्यमन्त्री खड्का
बुधबार, चैत्र ५ १०:००