२२ चैत्र २०८२, आईतवार
जातीय विभेद दलित समुदायभित्र मात्र नभई अन्य जातिभित्र पनि विभेद कायम : राज्यमन्त्री खड्का
शुक्रबार, चैत्र ७ १८:०२

जातीय विभेद दलित समुदायभित्र मात्र नभई अन्य जातिभित्र पनि विभेद कायम : राज्यमन्त्री खड्का

धनगढी,८चैत / सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले जातीय विभेद समाजका हरेक तहमा रहेको बताउँदै यसको अन्त्य हुनुपर्ने बताएकी छन्। उनले दलित समुदायभित्र मात्र नभई अन्य जातिभित्र पनि विभेद कायमै रहेको बताइन् ।

“महिला र दलितहरूले आफ्नो अधिकारका लागि निरन्तर संघर्ष गरिरहेका छन्,” उनले भनिन्,“हामीले कसैभन्दा कम छैनौं भन्ने कुरा व्यवहारमै देखाउनुपर्छ।”उनले जातीय विभेद हटाउन कानुनी संरचना मात्र पर्याप्त नहुने बताउँदै व्यवहारिक परिवर्तन आवश्यक रहेको बताइन्।दलित समिति गठनबारे उठेका प्रश्नमा उनले आवश्यक प्रक्रिया पूरा गरी समिति गठन गर्ने प्रतिबद्धता जनाइन्।

राज्यमन्त्री खड्काले यो कुरा ६०औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक संवाद कार्यक्रममा राखेकी हुन्। कार्यक्रममा विभिन्न मानव अधिकारकर्मी, समाजसेवी तथा दलित समुदायका अगुवाहरूले जातीय विभेद हटाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।

Sharing is caring!

Latest News

नेपाल विद्यार्थी संघले ऐश्वर्य बहुमुखी क्याम्पसमा विरासत फर्कायो
शुक्रबार, चैत्र ७ १८:०२
स्थानीय सेवा ऐन तत्काल जारी गर्ने : मुख्यमन्त्री शाह
शुक्रबार, चैत्र ७ १८:०२