१४ जेष्ठ २०८३, बिहीबार
स्थानीय सेवा ऐन तत्काल जारी गर्ने : मुख्यमन्त्री शाह
आईतवार, चैत्र ९ १३:३८

स्थानीय सेवा ऐन तत्काल जारी गर्ने : मुख्यमन्त्री शाह


कैलाली १०, चैत्र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवा ऐन तत्काल जारी गर्न प्रदेश सरकार लागि परेको बताउनु भएको छ ।
आईतबार चार बुँदे ध्यानाकर्षण सहित अनुरोध गरिएको मागमात्र लिएर गाउँपालिका राष्ट्रिय महासंघ नेपालको टोली मुख्यमन्त्री कार्यालय पुगेको थियो । टोलीलाई सम्बोधन गर्दै शाहले छिट्टै नै प्रदेश सरकारले स्थानीय सेवा ऐन जारी गर्न लागेको बताउनु भएको हो ।


महासंघ नेपालका उपाध्यक्ष उत्तमबहादुर रोकायाद्धारा हस्ताक्षर गरिएको मागपत्रमा स्थानीय सेवा ऐन तत्काल जारी गर्ने, समपुरक र बिशेष अनुदान, स्थानीय सरकारको क्षमता अभिबृद्धीका गतिविधिहरु सञ्चालनका लागि पिएलजीएसपी कार्यक्रमसँग सान्वय गरी संयुक्त कार्यक्रम गर्नमा सहजीकरण गरि दिने र महासंघ प्रदेश कार्यालय तथा कार्यक्रम सञ्चालनको लागि श्रोत उपलब्ध गराई दिने रहेका छन ।
मागपत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले महासंघको पहिलो बुँदा स्थानीय सेवा ऐन तत्काल जारी गर्न प्रदेश सरकार लागि परेको बताउनु हो । उहाँले बाँकी बुदाका सन्दर्भमा आवश्यक छलफल र समन्वय गरी सम्बोधन गरिने बताउनु भयो । महासंघका तर्फबाट सह–सचिब डम्मर बहादृुर वि.सी., कोषाध्याक्ष जमन सिंह धामी, सदस्यहरु बसन्त चलाउने, माधबी जोशी र कर्ण साउँद लगायतको उपस्थिती रहेको थियो ।

Sharing is caring!

Latest News

जातीय विभेद दलित समुदायभित्र मात्र नभई अन्य जातिभित्र पनि विभेद कायम : राज्यमन्त्री खड्का
आईतवार, चैत्र ९ १३:३८
नागार्जुन १ को माईक्रो बसपार्क शिवमन्दिरमा आगलागी तथा ग्यास सुरक्षा सम्बन्धी कार्यक्रम,तिन महिनामा ८६३ जनालाई सचेतना
आईतवार, चैत्र ९ १३:३८