नागार्जुन १ को माईक्रो बसपार्क शिवमन्दिरमा आगलागी तथा ग्यास सुरक्षा सम्बन्धी कार्यक्रम,तिन महिनामा ८६३ जनालाई सचेतना
काठमाण्डौँ,चैत्र ९। काठमाण्डौँको नागार्जुन नगरपालिका वडा नम्बर १ स्थीत माईक्रो बसपार्क शिव मन्दिरमा आगलागी तथा ग्यास सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको छ।शनिवार, नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवनको आयोजना तथा फायर प्रिभेन्सन एण्ड फायर कन्ट्रोल ट्रेनिङ प्राईभेट लिमिटेडको संयोजकत्वमा माईक्रो बसपार्क शिव मन्दिरमा आगलागी तथा ग्यास सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको हो।यसरी नागार्जुन नगरपालिका १ रानीवनद्धारा २०८१ पौष २७ शनिवार मस्र्याङ्दी स्कूल सनराइज हाईटबाट शुरूवात गरिएको सो सम्बन्धी अन्तिम कार्यक्रम आज माईक्रो बस पार्क शिव मन्दिरमा गरिएको फायर प्रिभेन्सन एण्ड फायर कन्ट्रोल ट्रेनिङ प्राईभेट लिमिटेडका निर्देशक अध्यक्ष धन बहादुर बिष्टले बताए । जसमा ११५ जना जति स्थानीय वासिन्दाहरु सहभागी रहेका थिए।उनका अनुसार नागार्जुन नगरपालिका १ वडाका बिभिन्न ९ स्थानमा आगलागी तथा ग्यास सुरक्षा सम्बन्धी जनचेतना गरिएको हो ।करिब ३ महिनासम्म सञ्चालित आगलागी तथा ग्यास सुरक्षा सम्बन्धी ९ स्थानमा ९ वटा जनचेतना मुलक कार्यक्रममा ८६३ जना स्थानीय महिला तथा पुरुषहरुको सहभागीता रहेको थियो । फायर प्रिभेन्सन एण्ड फायर कन्ट्रोल ट्रेनिङ प्राईभेट लिमिटेडका निर्देशक अध्यक्ष बिष्टले जनचेतना मुलक कार्यक्रममा १३ वर्ष देखि ८६ वर्ष उमेर समुहका स्थानियलाई जनचेतना मुलक जानकारी प्रदान गरिनुको साथै कार्यक्रम सञ्चालन गरिएको थियो।तिन महिनासम्म सञ्चलित कार्यक्रममा फायर सेफ्टी,हेल्थ एण्ड सेफ्टी,मैत्रीपुर्ण व्यवहार तथा ग्यास फायर सेफ्टी,आगलागीका कारण, ग्यास लिक भएपछि गर्ने कारवाही,आगो रोकथाम र आगो नियन्त्रण, जनचेतनामुलक कार्यक्रम गरिएको हो। यस्तै ग्यास पाइप,ग्यास रेगुलेटरी,ग्यास सिलिन्डरको म्याद सकिने मिति जाँच फिक्सिङ,ग्यास आगो नियन्त्रण,आगो निभाउने प्रक्रिया बारे चर्चा र अभ्यास समेत गराइएको थियो।
फायर प्रिभेन्सन एण्ड फायर कन्ट्रोल ट्रेनिङ प्राईभेट लिमिटेडका निर्देशक अध्यक्ष धन बहादुर बिष्टले वनडेलो तथा आगलागीका घटना दिन प्रतिदिन भैरहेको बिभिन्न समाचार आइरहेकाले यसबाट बच्न पुर्व तयारी आवश्यक रहेर सजगता अपनाउन जरुरी रहेको बताए।आगलागीका घटना मानवीय त्रुटी र सुरक्षा अपनाउँदाका कारण ८८ प्रतिशत हुने भन्दै जनचेतना मुलक कार्यक्रम सञ्चालन गरी रोकथाम तथा नियन्त्रण गर्न आफुले यस्तो कार्यक्रम सञ्चालन गरेको बताए। सो कार्यक्रमको नेतृत्व वडा नं १ का वडा अध्यक्ष रामेश्वर लामा को कुशल नेतृत्वमा संचालन गरेका थिए।
यदि ग्यास लिक भएमा के गर्ने त ?
१. पहिले रेगुलेटर र चुलोको नब बन्द गर्नुहोस्।
२. आगोको श्रोतहरु जस्तैः मैनबत्ती, दियो, धुप सलाई आदि नबाल्नुहोस्, निभाउनुहोस्।
३. झिल्का आउने वस्तु जस्तैः बिजुलीको उपकरणहरु, स्वीच आदि कुनै हालतमा पनि नचलाउनुहोस्।
४. झ्याल र ढोका खुल्ला राख्नुहोस।
५. रेगुलेटर छुटाएर सिलिण्डरको भल्वमा सेफ्टी क्याप लगाई सिलिण्डर खुल्ला ठाउँमा राख्नुहोस।
६. तुरुन्त आफ्नो नजिकको ग्यास विक्तेता वा प्लाण्टमा सम्पर्क राख्नुहोस।
७ विभिन्न प्रकारका फायर उपकरण तथा घरायसी साधनको उपयोग गरेरे आगो निभाउने अभ्यास समेत सञ्चालन गरेर सबैलाई परेको बखत आफ्नो धनजनको ठुलो क्षति हुन जोगाउन सफल हुने विश्वास गरिन्छ कार्यक्रम को मुख्य उदेश्य आगो रोकथाम तथा नियन्त्रणका उपाय वारेमा जनचेतना जगाउने।
