२१ कार्तिक २०८२, शुक्रबार
हमालको ८ वर्षपछिको कमब्याक `नरसिंहा अवतारमा
सोमबार, चैत्र १७ १७:००

हमालको ८ वर्षपछिको कमब्याक `नरसिंहा अवतारमा

दीवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहा अवतार’ आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई चैत २९ गते प्रदर्शन गर्ने तयारीमा निर्माण टिम थियो । तर, उक्त मितिमा अरु दुई एक्सन फिल्म पनि आउने भएपछि ‘नरसिंहा अवतार’लाई २ महिना पछाडि सारिएको हो ।

नरसंहारको दृश्य समावेश पोस्टरमा अभिनेता राजेश हमाल चित्रित छन् । भूइँमा घाइते भएर लडेका एक व्यक्तिको छातीमाथि खुट्टा राखेर उभिएका उनको अनुहारमा रिसको आवेग देखिन्छ । भूइँभरि यत्रतत्र छरिएका लासहरू छन् । र, पृष्ठभूमिमा भगवान् विष्णुको चौंथो र उग्र अवतार मानिने नरसिंहाको क्रोधित तस्वीर राखिएको छ । यसबाट फिल्म पूर्ण एक्सनप्रधान रहेको प्रष्ट हुन्छ ।

‘नरसिंहा अवतार’ हमालको ८ वर्षपछिको कमब्याक फिल्म हो । यसैले पनि उनका लागि यो फिल्म विशेष छ । उनले यसपटक आफूलाई दर्शकले एकदमै फरक अवतारमा देख्न पाउने बताएका छन् । उनका अनुसार यो फिल्म दर्शकका लागि ठूलो सरप्राइज हुनेछ । छायांकनको क्रममा बाहिरिएका तस्वीर तथा भिडियोबाट उनी फिल्ममा प्रहरीको भूमिकामा रहेको खुलासा भैसकेको छ ।

फिल्ममा हमालसहित सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, अमित गिरी, एभेलिना खड्का लगायतको अभिनय छ । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको फिल्ममा चन्द्र पन्तको द्वन्द्व निर्देशन छ ।

Sharing is caring!

Latest News

चलचित्र विकास बोर्डमा सन्तोष बाबु लोहनीलाई स्वागत सदस्य राजु केसीलाई विदाई
सोमबार, चैत्र १७ १७:००
आज सुदूरपश्चिम स्पोर्ट्स अवार्ड दुर्गेश थापाको प्रस्तुति
सोमबार, चैत्र १७ १७:००