१७ बैशाख २०८३, बिहीबार
आज सुदूरपश्चिम स्पोर्ट्स अवार्ड दुर्गेश थापाको प्रस्तुति
मंगलवार, चैत्र १८ ०८:४४

आज सुदूरपश्चिम स्पोर्ट्स अवार्ड दुर्गेश थापाको प्रस्तुति

छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ आज हुँदै छ । कैलालीको धनगढी रंगशालामा बेलुका ५ बजेदेखि अवार्ड कार्यक्रम सुरु हुने आयोजक खेलकुद पत्रकार मञ्चले जनाएको छ । धनगढी रंगशालमा गएर प्रत्यक्ष रुपमा अवार्ड कार्यक्रम हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने छ । टिकट शुल्क एक सय रुपैयाँ तोकिएको छ । आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । अवार्डमा विभिन्न सांगितिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । गायक दुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ ।

Sharing is caring!

Latest News

हमालको ८ वर्षपछिको कमब्याक `नरसिंहा अवतारमा
मंगलवार, चैत्र १८ ०८:४४
गायक तथा संगीतकार रोशन टमट्टाको नयाँ आधुनिक सन्देश मुलक गीत बजारमा (भिडियो सहित)
मंगलवार, चैत्र १८ ०८:४४