गायक तथा संगीतकार रोशन टमट्टाको नयाँ आधुनिक सन्देश मुलक गीत बजारमा (भिडियो सहित)
धनगढी,चैत्र २०। लामो समय देखि कलाकारिता क्षेत्रमा लागेका गायक तथा संगीतकार रोशन टमट्टाको नयाँ आधुनिक सन्देश मुलक गीत बजारमा आएको छ।
के नै भन्नू छ र अब पराइ भै जानेलाइ र सुदुरश्चिम टुरमा आउकी त भेट्नलाई लम्की टिकापुरमा लगायत थुप्रै गीत गाई सक्नु भएका गायक रोशन टमट्टाले तिम्रै यादमा गीत बजारमा ल्याएका हुन्। मायामा ज्यान फाल्नेहरुको लागि सन्देश मुलक गीत टिकटक र युटुबमा तहल्का मच्चाइ रहेको म्युजिक निर्माण पक्षले जनाएको छ।
५ दिन अघिhttps://www.youtube.com/@SingerRoshanTamattaबाटसार्बजनिक भएको बताइएको छ। तिम्रै यादमा गीतको निर्देशक तथा आवाजमा स्वयम गायक रोशन टमाटा,व्यवस्थापन/रेकर्डिस्ट/मिक्स/मास्टरिङमा दिपक संगम बि.सी रहेका छन्। यस्तै संगीतकारहरू बाँसुरीमा गोपाल देव, गीतारमा भूपेन्द्र बच्चरा छन्।
मधुमाला रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको गितमा दिपा शाही ,रोशन टमाटा, हिक्मत अबिरल, पार्वत जैगडी,गणेश जी.सी मानव चौधरीलगायतका कलाकारहरूले साथ दिएका हुन्।डाइरेक्टरमा दिपेन्द्र कुवंर, क्यामेरामा अमित बिकको टिम,इडिटिङमा राजेश बोहरा छन्। छोटो अवधीमा धेरैले हेरिसकेको र दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको बताइएको छ।गायक रोशन टमट्टा लगायतको टिमले उक्त गित एकपटक सबैले हेरेर साथ सहयोग गरिदिन अनुरोध समेत गरेका छन्।भिडियो गित हेर्न यहाँ क्लीक गर्नसक्नुहुनेछ।
