नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भव्य सांस्कृतिक कार्यक्रम, गायक निशान भट्टराई आउँदै
धनगढी । कैलालीको धनगढीमा नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ।
धनगढी ३ स्थित चटकपुरमा रहेको पौवा (फ्लोरा) होटलमा नयाँ वर्षको स्वागत र विबिध सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको हो । चैत्र ३१ गते हुने उक्त कार्यक्रमको उद्देश्य नयाँ वर्षको स्वागत गर्न एक उत्सवमयी वातावरण सिर्जना गर्नु हो।
फारवेस्ट मिडियाका सञ्चालक मनोज जेठाराले जानकारी दिइएको अनुसार, चैत्र ३१ गते हुने उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू हुनेछन्।कार्यक्रममा नेपाल आइडलको पहिलो सिजनका फस्ट रनरअप गायक निशान भट्टराईले आफ्नो प्रस्तुतिले मनोरञ्जन दिने छन्। यसका अतिरिक्त, डिजे, नृत्य ब्यान्ड र अन्य सांस्कृतिक कार्यक्रमहरूको समेत आयोजना गरिने छ। आयोजकले उक्त सांस्कृतिक कार्यक्रमलाई अवलोकन गर्न सबैलाई आग्रह गरेका छन्। यसले धनगढीमा एक रमाइलो र रंगीन वातावरण सिर्जना गर्ने अपेक्षा राखिएको छ।
