२ बैशाख २०८३, बुधबार
गेटा मेडिकल कलेज सञ्चालनका लागि गर्यो बझाङ्गी सेवा समाजले रक्तदान
शनिबार, चैत्र २९ २२:१९

गेटा मेडिकल कलेज सञ्चालनका लागि गर्यो बझाङ्गी सेवा समाजले रक्तदान

चैत्र ३० धनगढी, बझाङ्गी सेवा समाज कैलालीले गेटामेडिकल कलेज शीघ्र सञ्चालनका लागि दबाब कार्यक्रम गरेको छ। शनिबार सेवा समितिले रक्तदान कार्यक्रम गर्दै उक्त मेडिकल कलेजलाई छिटो सञ्चालनमा ल्याउन दबाब दिने हेतुले आयोजना गरेको हो। सेवा समाज का झलक एडी को अध्यक्षतामा  रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै रक्तदान कार्यक्रम सञ्चालन आएको हो।सुदूरपश्चिमका नागरिकहरूको भावनालाई कदर नगरेको भन्दै सेवा समितिले रक्तदान कार्यक्रमबाट दबाब दिएको बुङ्गल नेपाली कांग्रेसका नगर सभापति तथा सेवा समितिका सल्लाहकार नरेश बहादुर थापाले जानकारी दिए। राष्ट्रिय विभूति मानव वादी  राजा जय पृथ्वीबहादुर सिंह ज्यूको सम्झनामा  सो रक्तदान सञ्चालनमा आएको हो।पछिल्लो चरणमा रगतको अभाव बढ्दै गएको र रक्तदानका बारेमा चेतानाको पनि कमी भएका कारण बेलाबेलामा आयोजना हुने रक्तदान कार्यक्रमले चेतना जगाउनुको साथै रगतको कमी पूरा गर्न पनि सहयोग पुग्ने सभापति थापाले बताए।

रक्तदान गर्नेतर्फ केन्द्रित हुन केन्द्रीय र प्रदेश सरकारलाई जबाफदेही बनाउन जरुरी रहेको उल्लेख गर्दै गेटा मेडिकल कलेज छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिँदै सभापति थापाले बताए। आगामी दिनमा रगतको अभावलाई समेत पूर्ति गर्ने हिसाबले रक्तदान उत्प्रेरणाका लागि विभिन्न सङ्घ संस्था, स्थानीय निकाय एवं सामाजिक अभियान्ताहरुसँग समन्वय गरी सहकार्य गरिने सेवा समितिले जनाएको छ। गेटा मेडिकल कलेज सञ्चालनका संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगोको  लगायत अन्य नागरिकको समेत उपस्थिति रहेको थियो। नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ३९ जनाले रक्तदान गरेका हुन् ।

Sharing is caring!

Latest News

नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भव्य सांस्कृतिक कार्यक्रम, गायक निशान भट्टराई आउँदै
शनिबार, चैत्र २९ २२:१९
चैत३१ गते धनगढीमा नेपाल आइडल निशान भट्टराई आउँदै
शनिबार, चैत्र २९ २२:१९