२ बैशाख २०८३, बुधबार
चैत३१ गते धनगढीमा नेपाल आइडल निशान भट्टराई आउँदै
शनिबार, चैत्र २९ २२:२५

चैत३१ गते धनगढीमा नेपाल आइडल निशान भट्टराई आउँदै

धनगढीमा रहेको पौवा होटलमा नयाँ वर्षको अवसरमा चैत्र ३१ गते भव्य सांगीतिक कन्सर्ट हुने भएको छ। फारवेष्ट मिडिया र क्रोम्याटीक नेपालको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर उक्त कार्यक्रम आयोजना हुन लागेको हो। सांगीतिक कन्सर्ट साँझ ६:३० बाट सुरु भएर १२ बजेसम्म हुनेछ।

जसमा विशेष खाद्यान्न परिकारहरू रु.१०० बाट प्राप्त गर्न सकिने, कार्यक्रमका बीचमा दर्शकहरूलाई क्विज खेलाइने र विजेतालाई विशेष खाद्य परिकार पुरस्कार दिइने उक्त कार्यक्रममा राष्ट्रिय कलाकार निशान भट्टराई,डिजे कल्पितका साथै थुप्रै स्थानीय कलाकारहरूका बेजोड साङगीतिक प्रस्तुतिहरु रहने आयोजकले बताएका छन्।

Sharing is caring!

Latest News

गेटा मेडिकल कलेज सञ्चालनका लागि गर्यो बझाङ्गी सेवा समाजले रक्तदान
शनिबार, चैत्र २९ २२:२५
शनिबार, चैत्र २९ २२:२५