५ बैशाख २०८३, शनिबार
साउथ इन्डियन’हिट: द थर्ड केस’फिल्ममा धनगढीका करण नागरी
आईतवार, बैशाख २१ १६:१३

साउथ इन्डियन’हिट: द थर्ड केस’फिल्ममा धनगढीका करण नागरी

धनगढी, ‘हिट: द थर्ड केस’ साउथ इन्डियन फिल्ममा धनगढीका करण नागरीले फाइटर अर्थात् खलनायकको भूमिका निर्वाह गरेका छन् ।भारतीय फिल्म हिट: द थर्ड केस’ नेपालमा पनि प्रदर्शनमा आएको छ। नानी स्टारर फिल्म बिहीबारदेखि नेपाली हलमा लागेको हो। धनगढीको एस टिएस सिनेमामा सो फिल्म प्रदर्शनमा आएको छ।

यस फिल्मलाई कन्सेप्ट भिजन इन्टरटेनमेन्टले नेपाल ल्याएको हो। नेपाली हलमा यस फिल्मले राम्रै शो पाएको छ।  यस फिल्ममा नानीसहित श्रीनिधी शेट्टी सूर्या निवास प्रतीक बब्बर लगायतको अभिनय छ। नानी अभिनेतासँगै यस फिल्मको सह-निर्माता समेत हुन्। सैलेश कोलानू निर्देशित फिल्म सस्पेन्स एक्सन थ्रिलर जनरामा बनेको हो। सिरियल किलयरको ग्रुपमा सामिल भएका नागरीको यो फिल्ममा प्रष्ट चिनिने रोल समेत रहेको छ। उनी फाइटर तथा सहायक द्वन्द निर्देशक हुन्। उनले फाइट कोर्योग्राफर गरेका थुप्रै फिल्महरू छन्। बलिउडमा समेत काम गरिसकेका छन्।

विशाखापट्टनमका एक शीर्ष एचआईटी अधिकारी अर्जुन सरकारलाई क्रूर हत्याहरूको श्रृंखलाको अनुसन्धान गर्न जम्मू र कश्मीर पठाइन्छ। जब उनी मायावी हत्याराहरूको समूहलाई पछ्याउँछन्, यो मुद्दाले उनको सीप र मानसिक शक्तिको परीक्षण गर्छ।
यो फिल्म सन् २०२० मा रिलिज भएको ‘हिट’ को तेस्रो शृंखला हो। पहिलो फिल्मको सफलतासँगै सन् २०२२ मा ‘हिट: द सेकेन्ड केस’ आएको थियो।

Sharing is caring!

Latest News

लेखक विवेक पाण्डेद्वारा लेखिएको फिल्मको स्क्रिप्ट तयार हुन ६ वर्ष लाग्यो
आईतवार, बैशाख २१ १६:१३
चलचित्र पत्रकार संघ सुदूरपश्चिमले २६औं स्थापना दिवस जेठ २ गते मनाउने
आईतवार, बैशाख २१ १६:१३